एक करोड १५ लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ

एक करोड १५ लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ

विराटनगर । उच्च अदालत विराटनगरले बैकिङ कसुर सम्बन्धी मुद्दामा १ करोड १५ लाख रूपैयाँ जरिवाना र दुई महिना कैद सजायको फैसला गरेको एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

फरार प्रतिवादी झापा कन्काई नगरपालिका –३ का ५५ वर्षीय राजेन्द्र प्रसाद प्रसाँईलाई झापा प्रहरीले १० महिनापछि पक्राउ गरेको हो ।
पक्राउ परेका प्रसाइ विरूद्ध ‘बैकिङग कसुर सम्बन्धी मुद्दामा’ उच्च अदालत विराटनगरले विभिन्न मितिमा १ करोड १५ लाख जरिवाना र २ महिना कैद सजायको फैसला सुनाएको थियो । उनलाई बुधबार मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

उच्च अदालत विराटनगरले २०७६ पुस १४ गते १ महिना कैद र २५ लाख रुपैयाँ जरिवाना गरेको थियो । यस्तै २०७६ पुस २१ गतेको फैसलाले प्रसाइ विरूद्ध १ महिना कैद र ९० लाख रुपैयाँ गरी जम्मा २ महिना कैद सजायका साथै १ करोड १५ लाख जरिवाना तोकिएको प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अदालतले कैद सजाय तोकेपछि अभियुक्त प्रसाइ फरार भएका थिए । दशैंको मौकामा फरार प्रतिवादी प्रसाइ घर आएको प्रहरीले पत्तो पाएपछि पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक कविन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । बिशेष सूचनाको आधारमा झापा प्रहरीले फरार प्रतिवादी पक्राउ गरिएको हो । दशैंको कारणले अदालत बन्द रहेकोले अदालत संचालनमा आएपछि प्रतिवादीलाई उपस्थित गराईनेछ भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्