पौडी खेल्ने क्रममा डुबेर मृत्यु

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

झापाको दमक नगरपालिका-२ मा रहेको डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो पौने २ बजेको समयमा उक्त बाँधमा पौडी खेल्न गएका मोरङको मिक्लाजुङ गाँउपालिका-५ का २२ बर्षीय मुकेश मगर डुबेर बेपत्ता भएका थिए ।
घटना सम्बन्धी खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दिउँसो पौने ३ बजे सोही बाँधमा मृत अवस्थामा फेला पारेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्