विराटनगरबाट लागुऔषध सहित २ जना पक्राउ

विराटनगरबाट लागुऔषध सहित २ जना पक्राउ

मोरङ, कार्तिक १३ गते ।
मोरङको २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । बुधवार बिहान ९ बजे मोरङको बिराटनगर महानगरपालिका-१८ लंकाटोलबाट भारतिय नागरीक जोगवनी-१२ बस्ने ३६ बर्षीय दयावल तिवारी १०० ML को ३८ बोतल कोडिन, नाईट्रोजम ३८३ ट्याब्लेट र स्पास्मोप्रोक्सिवन १४१ ट्याब्लेट लागुऔषध सहित पक्राउ परेका हुन्।
यसैगरी बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट धरान-१५ का २२ बर्षीय बिबेक बि.क. डाईजेल्याब-३ एम्पुल र लुपिजेसिक-३ एम्पुल सहित पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्मबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्