जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

कानेपोखरी। पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गएको छ ।
तर, केहि व्यक्तिहरुले भने आफ्नो जन्मदिनलाई सामाजिक सेवाको क्षेत्रमा योगदान गर्दै आएका छन् । मोरङको कानेपोखरी गाउँपालिका–४ का एक सामाजिक अभियन्ता युवाले आफ्नो जन्मदिनको खर्च विद्यालयको शैक्षिक विकासका लागी खर्चिएका हुन् ।

नेकपा मोरङ जिल्ला सदस्य, कानेपोखरी पार्टी सचिव एवम् राजवंशी समाज बिकास समिति मोरङ अध्यक्ष मनोजकुमार राजवंशीले आफ्नो जन्मदिनको अवसरमा कानेपोखरी ६ को सुन्तोली आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । आधारभूत तहसम्म अध्यापन गराउदै आएको विद्यालयका विद्यार्थीको शैक्षिक विकासका लागी जन्मदिनको खर्च कटाएर केही विद्यार्थीका लागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको राजवंशीले बताए।

विद्यालयका कुल ७५ विद्यार्थीमध्ये सो कार्यक्रममा उपस्थित ५४ जनालाई ८ वटाका दरले कपि र ३ वटाका दरले कलम हस्तान्तरण गरिएको थियो ।अनुपस्थित विद्यार्थीलाई स्कुल सञ्चालन भएपछी प्रदान गरिने भएको छ ।
मेरो मुख्य उद्देश्य भनेको सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउनु हो राजवंशीले भने विद्यार्थीको शैक्षिक उन्नतीको लागी केही खर्च गरेर शैक्षिक सामाग्री वितरण गरिएको हो ।


हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर विद्यार्थीको शैक्षिक उन्नतीका लागी कहिलै सोच्दैनौं उनले भने, हरेक सामुदायिक विद्यालयको विद्यालयको शैक्षिक विकासका निम्ति अनवरत रुपमा सहयोग गर्नेछु ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सोही विद्यालयकी शिक्षक रुपा बस्नेतले विद्यालयको शैक्षिक विकासका निम्ती सहयोग हुँदा निकै आनन्द अनुभुति भएको बताइन्। हाम्रो विद्यालयमा अहिलेसम्म विद्यार्थीलाई हौसला प्रधान गर्ने काम कसैले गरेको थिएन तर यो शैक्षिक जागरणका निम्ती नयाँ आयाम भएको जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्