प्रदेश १ मा कम परीक्षण हुँदा थाेरै संक्रमित

प्रदेश १ मा कम परीक्षण हुँदा थाेरै संक्रमित

विराटनगर । सरकारले कोरोना संक्रमितको पहिचान, परीक्षण, व्यवस्थापन र उपचार गर्न छोडेसँगै कोरोना संक्रमितको संख्या पनि घट्दै गएको छ । बिहीबार प्रदेश १३४ जना कोरोना संक्रमित मात्रै थपिएका छन् ।
जम्मा ४४२ जनाको पीसीआर परीक्षणबाट १३४ नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये सुनसरीमा ५७, मोरंगमा ४२, झापामा ३१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको भद्रपुर र विर्तामोडमा ८–८, मेचीनगर र कनकाईमा ३–३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ , ते¥हथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ ।

प्रदेश १ मा बिहीबार ७० जना डिस्चार्ज भएका छन् । विराटनगरको कालि सदन आईसोलेसन र मारवाडी सेवा सदन आईसोलेसनबाट २५–२५, बैजनाथपुर आईसोलेसन र विराट मेडिकल कलेजबाट १०–१० जना डिस्चार्ज भएका हुन । हालसम्म १० हजार १७९ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ४४२ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५६ हजार ९८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्