नोबेलमा झापाका दुईजनाको कोरोना संक्रमणबाट मृत्यु

नोबेलमा झापाका दुईजनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटलमा झापाका दुईजना नागरिकको कोराना संक्रमणबाट मृत्यु भएको छ ।
शुक्रबार दिउँसो झापा गौरादह नगरपालिका–१ सितापुरीका ८६ वर्षीय बृद्ध र शुक्रबार बिहान शिवसत्ताक्षी नगरपालिकाका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गौरादहका बृद्धालाई बुधबार निमोनियाको समस्या देखिएपछि आफन्तले अस्पताल भर्ना गरेका थिए । मृतक बृद्धाकी नातिनी रन्जिता खनालका अनुसार निमोनियाले ग्रसित हजुरबुबामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार उपचारकै क्रममा उहाँको मृत्यु भएको हो ।

यसैगरी शिवसत्ताक्षीका ५० वर्षीय पुरुषमा समेत निमोनिया देखिएपछि १२ कात्तिकमा नोबेलमा भर्ना गरिएको नोबेल हस्पिटलका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । उनलाई सोही दिन कोरोना पाजेटिभ देखिएको थियो ।
मृतकमा दिर्घरोगको समस्या थिएन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा शुक्रबार बिहान करिब ८ बजे मृत्यु भएको दाहालले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्