उर्लाबारीमा मृत अवस्थामा भेटिएकी महिलाको अझै पहिचान भएन

<span class='c1'>उर्लाबारीमा मृत अवस्थामा भेटिएकी</span> <span class='c2'>महिलाको अझै पहिचान भएन</span>

विराटनगर । पूर्व–पश्चिम राजगर्मा अन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–४ राजमार्गमा मृत अवस्थामा भेटिएकी महिलाको अझै पहिचान खुल्न सकेको छैन ।
शनिबार राती ८ बजेतिर सडकमा १० मिटर घिसारेको अवस्थामा अन्दाजी ३०–३५ वर्षकी महिला मृत फेला परेकी थिइन् । मृतकको पहिचान अझैसम्म खुल्न नसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

सवारी दुर्घटनामा महिलाको मृत्यु भएको हुन सक्ने मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले दावी गर्नुभयो । घटनाको प्रकृति हेर्दा सवारी साधनले किचेर फरार भएको हुन सक्ने प्रहरीले आशका गरेको छ । तर, स्थानीय नागरिक भए पहिचान खुलिसक्नुपर्ने भएपनि अझैसम्म मृतक को हो ? भन्ने यकिन नहुँदा मृत्यु रहस्यमय बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्