विराटनगर । मोरङ प्रहरीले केराबारी गाउँपालिका–६ निवासी भुपेन्द्र भट्टराईको घरमा जुवा तास खेलिरहेको अवस्थामा पाँचजनालाई नियन्त्रणमा लिइएको छ । धरानदेखिका जुवाडे भेला भएर जुवा तास खेलिरहेको सूचनाका आधारमा प्रदेश १ प्रहरी कार्यालय र मोरङ प्रहरीको संयुक्त टोलिले उनीहरुलाई शनिबार राती पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी ६० वर्षीय भुपेन्द्र भट्टराई, केराबारी–६ का ४३ वर्षीय बोधराज मगर, धरान–१५ का ३६ वर्षीय अरुण केसी, धरान–६ का ३६ वर्षीय हरी खत्री र धरान–१५ का ३८ वर्षीय शैलेस भुजेल रहेको मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।
प्रहरीले जुवा–तास खालबाट ८ लाख ८९ हजार २५० रुपैँया, १३ बुक तास, दुई थान स्कुटी र २ थान मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिइएको छ ।
प्रहरीले बरामद गरेका सामाग्री ।