पुजाको प्रसादले रंगेलीमा ४० भन्दा धेरै बिरामी

पुजाको प्रसादले रंगेलीमा ४० भन्दा धेरै बिरामी

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ७ का पिन्टुु दत्तकोे घरमा पुजाको प्रसाद खाँदा ४० जना भन्दा बढी संख्यामा स्थानीय बिरामी परेका छन् ।
कोजाग्रत पूर्णिमाको दिन बङ्गालि समुदायले लक्ष्मी पुजा गर्ने र त्यसदिन जागरम बस्ने प्रचलन छ । सोहि क्रममा कार्तिक १५ गते शनिबार राति पिन्टुको घरमा लक्ष्मी पुजा गरेर उनिहरुले आफन्त तथा ईष्मित्रहरु लाई प्रसाद ग्रहणका लागि निमन्त्रणा गरिएको थियो ।

भेला जम्मा भएर पुजा सकाएपछि खाएको प्रसादले एकै पटक ४० जना भन्दा बढीको स्वास्थ्यमा समस्या भएको हो । पुजाको प्रसाद ग्रहण गरेको २४ घन्टा नबित्दै बालबालिका तथा बृद्धबृद्धासहित युवाको समेत स्वस्थ्यमा खराबी भएको छ ।
बिरामी पर्नेहरुमा झाडापखालाको समस्या देखिएको थियो । समस्या भएपछि उनीहरुले रंगेली अस्पतालमा उपचार गराईरहेका छन् । पिन्टुको घरका सबै बिरामी परेका छन । यसैगरी रंगेली अस्पतालमा ३० बर्षका रमेश शर्मा, १४ बर्षका वजरंग मंण्डल, २२ बर्षका सरस्वती शर्मा, ३६ बर्षका मनोज सोनी, २० बर्षका सन्तोष शर्मा , १५ बर्षका कृष्ण शर्मा, २८ बर्षका उमेश शर्मा ६५ बर्षका बिना देवि साह, ४० बर्षका ग्यानन्द मंन्डल लगायतको उपचार भईरहेको छ ।

रंगेली अस्पतालका मेडिकल अधिकृत स्वेता मंण्डलका अनुसार गएरातिदेखि अस्पतालमा झाडापखाला हुने, बान्ता आउने, ज्वरो आउने, पेट दुख्ने बिरामीहरु आएको र उनीहरुले एउटै घरमा पूजाको प्रसाद खाएको पाइएको छ । उनीहरुलाई ‘फुड प्वाइजन’ भएको हुन सक्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको अनुमान छ ।

मेडिकल अधिकृत मण्डलका अनुसार पूजामा खाना राम्रोसँग नपाकेको, पानी सफा नभएको र बजारबाट खरिद गरेर ल्याएको हरियो साग सब्जिमा किटनाशक प्रयोग भएको हुनसक्ने कारणले समेत यस्तो समस्या आउने गर्दछ ।

फुड प्वाइजन भएका बिरामीहरुलाई आराम हुन तीनसम्म लाग्न सक्ने मेडिकल अधिकृत मण्डलले जानकारी दिनुभयो । अस्पतालमा मात्रै नभई घरमा समेत अहिले बालबालिका र बृद्धबृद्धालाई औषधी उपचारसहित आराम गराईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्