हजुरबुबालाई पैसा दिएर नातिनीलाई करणी

हजुरबुबालाई पैसा दिएर नातिनीलाई करणी

विराटनगर । मोरङको बेलबारीमा हजुरबुबालाई पैसा दिएर नातिनीलाई जर्बरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
प्रहरीले बेलबारी–३ का २६ वर्षीय सुमन तामाङलाई नियन्त्रणमा लिइएको हो । उनले १३ वर्षीया बालिकाका हजुरबुबालाई रक्सी पीउन पैसा दिएर जर्बरजस्ती करणी गरेको आरोप लागेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीले जर्बरजस्ती करणी आरोपमा तामाङलाई र पैसा लिएर नातिनी तामाङलाई सुम्पने हजुरबुबालाई समेत नियन्त्रणमा लिइएको छ । गत बिहीबार रातीको घटनामा आफ्नै नातिनीलाई हजुरबुबाले तामाङ सामु सुम्पने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
बेलबारीस्थित मामाघरमा बस्दै आएकी बालिकाको हजुरबुबाले बलत्कार आरोपमा पक्राउ परेका तामाङसँग कति पैसाँ लिए भन्ने खुलिनसकेको इप्रका बेलबारीका प्रमुख ऋषिराज ढकालले जानकारी दिनुभयो । अनुसन्धानकै क्रममा रहेका कारण घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।

प्रहरीका अनुसार रक्सी पीउनका लागि तामाङसँग पैसा लिने र नातिनीलाई घुम्न पठाउने गरेको उनीहरुको बयानमा उल्लेख गराएका छन् । पछिल्लो पटक कार्तिक १३ गते तामाङले दिनभर बालिकालाई घुमाएर साँझपख करणी गरेको आरोप पीडितले लगाएका हुन् । पीडित बालिकाले आफ्नै माइजुलाई घटनाको विषयमा जानकारी गराएपछि प्रहरीमा उजुरी गरिएको थियो ।

प्रहरीले पैसा लिने हजुरबुबा र करणी गर्ने तामाङ विरुद्ध जिल्ला अदालत मोरङबाट आइतबार जर्बरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको छ । उनीहरुलाई कार्तिक १४ गते पक्राउ गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्