तीन संक्रमितको मृत्यु

तीन संक्रमितको मृत्यु

विराटनगर । पछिल्लो २४ घन्टाको अन्तरालमा विराटनगरका ३ वटा अस्पतालमा उपचार गराइरहेका कोरोना भाइरस संक्रमित ३ जना वृद्ध पुरुषको मृत्यु भएको छ ।

विराटनगरको न्यूरो कोभिड अस्पताल , कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र अर्का एक जनाको नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो ।

झापाका एक र मोरङका २ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएका छन् । विराटनगर महानगरपालिका– १२ का ५३ बर्षिय पुरुषको सोमबार विहान ८ः ५० बजे न्यू कोभिड अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै विराटनगर ३ का ७० वर्षीय वृद्धको उपचारका क्रममा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आईतबार दिउसो मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार कात्तिक ७ गते कोरोना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका थियो ।

उता नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्