विराटनगरवासीले अनलाइनमै पीसीआर रिपोर्ट हेर्न सक्ने

विराटनगरवासीले अनलाइनमै पीसीआर रिपोर्ट हेर्न सक्ने

विराटनगर । यदि तपाईले कोरोना परीक्षण गराउनु भएको छ भने अब अनलाईनको माध्यमबाट घरमै बसी–बसी नै रिपोर्ट हेर्न सक्नु हुनेछ ।
केही समय अगाडीसम्म आफुले दिएको पीसीआरको रिर्पोट फोनबाट बुझ्न सकिन्थ्यो भने अहिले अनलाईनको माध्यमबाट नै पीसीआर रिर्पोट हेर्न सकिने सुविधा सुरु गरिएको हो ।

कोशी अस्पताल र विराटनगर महानगरपालिकाले स्वाब संकलन गरिएका व्यक्तिहरुलाई सहज होस भन्ने उद्देश्यका साथ रिपोर्ट अनलाइनमा राख्न थालेको हो ।

कोशी अस्पतालमा स्वाब संकलन गरिएकाहरुको लागि कोशी अस्पतालको आफ्नै वेवसाईनमा राख्ने गरिएको छ । त्यस्तै, विराटनगर महानगरपालिकाले पनि स्वाब संकलन गरि पीसीआर परीक्षणपछिको रिर्पोट आफ्नै वेवसाईडमा राख्ने गरेको छ ।

कोशी अस्पतालमा दैनिक १ सय ५० भन्दा बढीको स्वाब संकलन हुने गरेको कोशी अस्पतालका प्रवत्ता लक्ष्मिनारायण यादवले जानकारी दिनुभयो । अस्पतालमा सिकिस्त विरामी भई भर्ना हुन आएका विरामीहरुका लागी निःशुल्क र स्व–ईच्छाले गर्नेहरुका लागी २ हजार शुल्क लिदै आएको अस्पतालले जनाएको छ । कोशी अस्पतालमा दैनिक ४ देखी ५ सय सम्म पीसीआर परीक्षण हुने गरेको प्रवत्ता यादवले बताउनुभयो ।

नागरिकलाई अस्पताल सम्म पुग्न नपारोस भनेर घर मै बसीबसी हेर्ने सकिने वातावरण मिलाइएको यादवको भनाई छ ।
उता विराटनगर महानगरपालीले पनि पीसीआर रिर्पोट आफ्नै वेवसाईटमा राख्न थालेको छ । अस्पताल र महानगरले भने पीसीआरको नेगेटिभ रिर्पोट मात्र सार्वजनिक गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्