विराटनगरको न्यूरो अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

विराटनगरको न्यूरो अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगर महेन्द्र चौक स्थित रहेको न्युरो कोभिड १९ अस्पतालमा मंगलबार विहान २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर ११ का ४९ वर्षका पुरुषको कात्तिक १४ गते स्वाब संकलन गरिएको थियो । उनको सोही दिन कोरोना पाजेटिभ रिर्पोट आएपछि १४ गते नै न्यूरो अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्ना भएका पुरुषको उपचारको क्रममा आज विहान ३ः ३० बजेको समयमा निधन भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी सुनसरी धरान १५ का ६३ बर्षका पुरुषको पनि आज विहान मृत्यु भएको न्यूरो कोभिड अस्पतालका फोकल पर्सन अजित बस्नेतले जानकारी दिनुभयो । उनको गत असोज २६ गते स्वाब संकलन गरिएको थियो । भोलीपल्ट उनको कोरोना पोजेटिभ रिर्पोट आएपछि १४ गते अस्पतालमा भर्नाभएपछि आज विहान मृत्युभएको अस्पतालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्