कोरोना संक्रमितको मृत्युमा शंका लागेपछि तीन घण्टासम्म चितामै रोके आफन्तले शव

कोरोना संक्रमितको मृत्युमा शंका लागेपछि तीन घण्टासम्म चितामै रोके आफन्तले शव

विराटनगर । कोरोना संक्रमणका कारण न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएका एक पुरुषको अन्त्येष्टि आफन्तले तीन घण्टासम्म रोकेका छन् । मतृक विराटनगर–११ का ४९ वर्षीय पुरुषलाई परम्बिश्रान्ती स्थल हाटखोला घाटमा पु¥याएर चितामा राखिसकिएको थियो । त्यस क्रममा आफन्तले मुख हेर्ने क्रममा रगत बगेको देखेपछि अन्त्येष्टि रोकेका थिए ।


कोरोना संक्रमित पुरुषलाई गत कार्तिक १४ गतेदेखि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा मंगलबार बिहान ३ः५० बजे उनको मृत्यु भएको हो । मृत्युपछि नेपाली सेनाले उनको शव अन्त्येष्टिका लागि घाटसम्म पु¥याएको थियो । अस्पतालबाट मृत्यु प्रमाणपत्रसहित शव लिएर पुगेको सेनासँग आफन्तले पुरै शरिर हेर्न पाउनु पर्ने माग गरेका थिए ।

मृतकका छोराले मृत्युमा आशंका लागेपछि मृतक बुबाको पूरै शरिर हेरेपछि मात्रै अन्त्येष्टि गर्न दिने माग राखिएको बताउनुभयो । परिवारले मृतकको मुखबाट रगत बग्नुको कारण माग्दै पुरै शरिर हेर्न पाउनु पर्ने माग समेत गरेका थिए ।

 

दिउँसो १२ बजेदेखि आफन्तले शव जलाउन रोकेपछि न्यूरो अस्पतालका डाक्टर अनिल मेहताले घटनास्थलमै पुगेर आफन्तलाई मुखबाट रगत आउनसक्ने संभावना रहेको जानकारी दिएका थिए । उनले शरिरका अन्य भागमा कुनै समस्या नभएको र कोरोना संक्रमितको विभिन्न कारणले फोक्सोमा समस्या हुँदा रगत जमेर निस्कनसक्ने संभावना रहेको बताएपछि अन्त्येष्टि गरिएको थियो । केहि कन्फ्यूजन रहेछ, मैले घाटमै पुगेर उहाँहरुलाई ब्रिफिङ गरे, डाक्टर मेहताले भने–अहिले मृतकको अन्त्येष्टि गर्ने काम भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्