एघार वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी

एघार वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी

विराटनगर । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई ११ बर्ष पछी प्रहरीले पक्राउ गरेको छ । सुनसरीको साविक नरसिंह गाउँ बिकास समिति–४ का ५१ बर्षीय बुनिया भनिने करिम मियाँलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो ।

मियाँले २०६६ साल मंसिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची हत्या गरेका थिए । माईतीघरमा नै बस्दै आएकी कान्छी श्रीमतीलाई लिन भनी ससुराल गएका करिमले बाटोमा फर्कने क्रममा श्रीमतीसँग बादबिबाद भएसंगै आमा छोरीलाई नै कुटपीट गर्नुका साथै घाँटी थिचेर बेहोस अवस्थामा केरावारीमा फालिदिएका थिए ।

केही समय पश्चाच श्रीमती अजिरन खातुन होसमा आएको तथा नावालक छोरीको मृत्यु भएको भनी निजले नै मंसिर २३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दर्ता गरेकी थिईन् । जाहेरी दर्ता गरेकै दिन देखि नै फरार रहेका करिमलाई घटना भएको ११ बर्ष पछी २०७७ कार्तिक १७ गते पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृया शुरु गरिएको प्रदेश १ प्रहरी कार्यालयले जानकारी दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्