भोलिपल्टै कोरोना पोजेटिभ !

भोलिपल्टै कोरोना पोजेटिभ !

विराटनगर । गत असोज २७ गते विराटनगर–३ का ४५ वर्षीय कुलदिप चौधरीमा कोरोना संक्रमण (कोभिड–१९) पोजेटिभ देखियो । दुईदिन अगाडी कोशीमा स्वाब संकलन गराएका चौधरी संक्रमित भएसँगै कार्तिक १३ गते पुनः कोशी अस्पतालको प्रयोगशालामा पुर्नपरीक्षणका लागि पुगे ।

प्रयोगशालाका कर्मचारीले स्वाब संकलन गरे १४ गते चौधरीको रिपोर्ट नेगेटिभ आयो । कोशीमा कार्तिक १३ मा स्वाब संकलन गराएका चौधरीले जैन भवनमा पनि १४ गते नै पुनः स्वाब दिएर फर्के । विराटनगर महानगरपालिकाले संकलन गर्ने स्वाब पनि कोशीकै प्रयोगशालामा परीक्षण भयो ।

तर, गज्जब के भयो भने १३ गते कोशीमा संकलन गरिएको स्वाबको रिपोर्ट १४ गते नेगेटिभ आयो । १४ गते जैन भवनमा संकलन गरिएको स्वाबको रिपोर्ट १५ गते नै पोजेटिभ ! कोशी अस्पतालको रिपोर्ट १५ गते नै नेगेटिभ आएको बुझेका चौधरीलाई विराटनगर महानगरपालिकाले १५ गते नै जैन भवनमा संकलन गरिएको स्वाबको रिपोर्ट पोजेटिभ आएको विवरणसहितको मोवायल म्यासेज पठाएको हो ।
असोज २५ गतेपछि ज्वरो आउने र जीउ दुख्ने समस्याले होम आईसोलेशनमा बस्नु भएका चौधरी कार्तिक १५ गते कोशीको रिपोर्ट बुझेर मख्खको केहि बेरमै त्यहि दिन विराटनगर महानगरपालिकाको सिस्टमले पठाएको म्यासेज देखेपछि हैरानीमा पर्नु भएको थियो ।
अघिल्लो दिन कोशीकै ल्याबमा नेगेटिभ देखिएको रिपोर्ट भोलिपल्टै त्यहि ल्याबले पोजेटिभ देखाएपछि चौधरीमा अन्योल बढ्यो । त्यसपछि चौधरीले कार्तिक १७ अर्थात सोमबार पुनः कोशीमै स्वाब संकलन गराउनु भएको छ । रिपोर्टले बेचैन बनायो, चौधरीले भन्नुभयो–अहिले मलाई कुनै समस्या छैन ।

प्रयोगशाला परीक्षणमा विश्वास नभएकै कारण चौधरीले कोशीमा र जैन भवनमा एक दिन अगाडी र पछाडी स्वाब दिइएको बताउनुभयो । धेरै तिर फल्ड आईरहेको बुझेपछि मैले बुझ्न पनि यसो गरेको थिएँ, चौधरीले भन्नुभयो–अब पुनः कोशीको परीक्षण रिपोर्ट हेरेर मात्रै भरपर्ने विचार गरेको छु । चौधरीको पछिल्लो परीक्षण रिपोर्ट भने आएको छैन ।
आफ्नो रिपोर्ट फरक–फरक आएपछि चौधरीले डाक्टरसँग समेत परामर्श गर्नु भएको छ । डाक्टरले स्वास्थ्य मापदण्ड अपनाएर नियमित काममा फर्कदा हुने सुझाव दिएको भएपनि अझैसम्म चित्त नबुझेको चौधरीले बताउनुभयो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले स्वाब नमूना लिने क्रममा भएको कमजोरीले परीक्षणको रिपोर्ट सहि आउन नसक्ने बताउनुभयो । उहाँले पछिल्लो रिपोर्टलाई आधार मानेर सम्बन्धित व्यक्तिलाई आईसोलेट गर्नुपर्ने बताउनुभयो । तर, कोरोना संक्रमित भएर १८ दिनपछि गरिएको परीक्षणमा समेत फरक–फरक रिपोर्ट दिने ल्याबका कर्मचारीको काम सच्याउने विषयमा मेसु दासले कुनै चासो राख्नु भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्