झापामा १३ बोरा पटाका सहित २ जना पक्राउ

<span class='c1'>झापामा १३ बोरा पटाका</span> <span class='c2'>सहित २ जना पक्राउ</span>

झापाको मेचीनगर नगरपालिका-१० शान्तिसमाज टोलबाट अतिसबाजी (पटका) सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-५ का २९ बर्षीय प्रशन्न जित दर्जी र टेम्पो चालक ३९ बर्षीय बिश्वनाथ प्रधान रहेका छन् ।
भारतबाट नेपाल तर्फ लुकाई छिपाई मे १ ह ५५२७ नम्बरको टेम्पोमा अतिसबाजी(पटका) ल्याउँदै गरेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ पौने ७ बजे अटोलाई नियन्त्रणमा लिएको थियो । अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र १३ बोरा बिभिन्न किसिमका पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद गरिएको पटका, अटो र मानिस सहितलाई ईलाका प्रहरी कार्यालय धुलावारीमा राखी कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्