नौ वर्षीया बालिकासहित दुईजनाको मृत्यु

नौ वर्षीया बालिकासहित दुईजनाको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररतः नौ वर्षीया बालिकासहित बुधबार सुनसरीका दुईजनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ६ कि ९ वर्षीया बालिका र धरान उपमहानगरपालिका १ कि ६१ वर्षीया वृद्धा महिलाको मृत्यु भएको हो ।
बालिकाकोे बुधबार बिहान ३ः२५ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो । बालिकालाई गत सोमबार कोरोना पुष्टि भएपछि मंगलबार उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै धरान –१ की ६१ वर्षीया वृद्धा महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उच्च रक्तचाप लगायतको समस्या रहेकी वृद्धालाई असोज ३० गते कोरोना पुष्टि भएकोमा कात्तिक ५ गते प्रतिष्ठान भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान ३ः१५ बजेतिर मृत्यु भएको हो ।

मंगलबार मात्रै कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा एकैदिन दश जनाको मृत्यु भएको थियो । विराट मेडिकल कलेज बुढिगङ्गामा चार, न्युरो कोभिड अस्पतालमा दुई, नोबेल मेडिकल कलेजमा एक र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्