रंगेलीमा तास खेलिरहेका नौ जना पक्राउ

रंगेलीमा तास खेलिरहेका नौ जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रंगेली–७ नयाँ टोलस्थित लक्षु महतोले संचालन गरेको च्याउ उत्पादन गर्ने घर भित्र तास खेलि रहेको अवूस्थामा नौजनालाई पक्राउ गरेको छ । च्याउ फममा तास खेलाउने गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीको टोलिले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी निरीक्षक सहितको टोलीले च्याउ फममा घेरा हालेर नगद सहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा रंगेली–४ का विकास कुमार मण्डल, कमल देब साह, धिरेन साह, भोलेलाल मण्डल, रंगेली–७ का श्रीप्रसाद मुखिया, लक्षु महतो, झम्सी यादब रहेका छन् । यसैगरी रंगेली ६ का दिपक मण्डल र चन्दन मण्डल समेत नियन्त्रणमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईका अनुसार उनीहरुको साथबाट ५५ हजार ९०० नेपाली रुपँैँया, एक हजार ८५० भारतीय रुपँैया, नौ थान मोवायल बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्