नोबेलमा थप दुईजनाको मृत्यु

<span class='c1'>नोबेलमा थप</span> <span class='c2'>दुईजनाको मृत्यु</span>

विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरमामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालले दमको पुरानै समस्या रहेकी इलामकी वृद्धा श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार भर्ना भएकी जानकारी दिनुभयो । त्यहि दिन उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

यसैगरी झापाका ६४ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको उनले बताए । उनी बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी हुन् । दमको पुरानै समस्या रहेका पुरुषलाई श्वास फेर्न गाह्रो भएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनअघि नै उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्