होम आईसोलेनमा बसेका संक्रमितको घर–घरमा नि:शुल्क अक्सिजन

होम आईसोलेनमा बसेका संक्रमितको घर–घरमा नि:शुल्क अक्सिजन

विराटनगर । कोरोना कहरको बेला घरमै बसेका कोरोना संक्रमितको लागि नेपाली काँग्रेस विराटनगरका कार्यवहाक नगरसभापति अरुण न्यौपानेको नेतृत्वमा घर–घरमा अक्सिजन उपलब्ध गराउँदै आएका छन् ।
विराटनगरमा पछिल्लो समय अस्पतालहरुमा कोरोना संक्रमितको लागि बेड नपाईरहेको अवस्थामा नगरका कार्यवहाक सभापति न्यौपानेको टोलिले अक्सिजन उपलब्ध गराउदै आएको हो ।

दशैं अगाडीदेखी थालिएको निःशुल्क अक्सिजन अहिलेसम्म ३५ वटा सिलिन्डर अक्सिजन विरामीको घरमा पुर्याईसकेको कार्यवहाक नगरसभापति अरुण न्यौपानेले आवर विराटनगरलाई जानकारी दिए ।
कोरोना भाइरस संक्रमणका कारण होम आईसोलेशनमा बसेका संक्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएमा र विरामीलाई आवश्यक परेको अवस्थामा अक्सिजन सेवा उपलब्ध गराउदै आएको न्यौपानेले बताए ।

अक्सिजनको अभावमा संक्रमितका परिवारका सदस्यले अप्रिय घटनाको सामना गर्न नपरोस् भन्ने हिसाबबाट मानव सेवा नै धर्म हो भन्ने उद्देस्याका साथ सहयोगी भूमिका निर्वाह गरेको न्यौपानेको भनाई छ ।

कोरोना कहरको बेला विरामीको घरमा सामाजिक दूरी कायम गर्दै, मास्क लगाएर परिवारका सदस्यलाई अक्सिजनको प्रयोग गर्नेबारे जानकारी गराउदै आएको पनि न्यौपानेले बताए ।
पछिल्लो समय विराटनगरमा संक्रमितको संख्या बढ्दै गर्दा अक्सिजन अभावमा उपचारमा समस्या भइरहेको बेला घरमा बसेका कोरोना संक्रमितको लागी राहत मिलोस भनेर घरमै अक्सिजनको व्यवस्था गरिएको न्यौपानेले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्