वीपीमा तीनजनाको मृत्यु

वीपीमा तीनजनाको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररतः अवस्थामा रहेका तीनजना कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी राजविराज–१ निवासी २३ वर्षीया किशोरी र ६५ वर्षीय पुरुष तथा मोरङको ५९ वर्षीय पुरुष रहेका छन् ।

प्रतिष्ठानका सह–प्रवक्ता डा.आषिश श्रेष्ठका अनुसार मोरङकी महिलामा कार्तिक ९ गते कोरोना संक्रमण पुष्टि र अस्पताल भर्ना गरिएको थियो । यसैगरी सप्तरी राजविराजकी २३ वर्षीया किशोरीमा रक्तअल्पता, थाइराइड लगायतका समस्या रहेका थिए ।

कार्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएपछि १९ गते अस्पताल भर्ना गरिएको थियो । यसैगरी राजविराज–८ निवासी ६५ वर्षीय पुरुषलाई कार्तिक १५ गते भर्ना गरिएको थियो ।
प्रतिष्ठानका सह–प्रवक्ता श्रेष्ठका अनुसार मृतकहरुको शव नियमानुसार व्यवस्थापन गर्ने काम भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्