सुनसरीमा खुल्यो मकैबाट छ प्रकारका उत्पादन दिने उद्योग

सुनसरीमा खुल्यो मकैबाट छ प्रकारका उत्पादन दिने उद्योग

विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा कृषि उत्पादनमा आधारित मझौला उद्योग सञ्चालनमा आएको छ । यो उद्योगबाट मकैका छ प्रकारका उत्पादनहरु एकै पटक गर्न सकिन्छ । सुनसरीको इटहरी नगरपालिकाका युवा उद्यमी गौरवजङ्ग राणाले १० करोड लगानीमा लालीगुराँस एग्रो इन्डस्ट्रिजको स्थापना र सञ्चालन गरेका हुन् ।

बिहीबार उद्योगको उद्घाटन नेपाल उद्योगवाणिज्य महासङ्घ प्रदेश नम्बर १ का कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले गर्नु भएको थियो । सफल उद्योगी राउतले यूवाहरुलाई प्रोत्साहन गर्नसक्दा नयाँ प्रकारका उद्योगहरु स्थापना हुने त्यस क्रममा विश्वास व्यक्त गर्नु भएको थियो । र्यवाहक अध्यक्ष राउतले विदेश पलायन भइरहेको युवा शक्ति आफ्नै मुलुकमा उद्यम र व्यवसायमा आउनुपर्नेमा जोड दिनुभयो ।

मझौलास्तरको उद्योग भएपछि चीनबाट पैठारी गरिएको अत्याधुनिक मेसिनमा मकै हालेपछि एकै पटक छ प्रकारका खाद्यवस्तु निस्कन्छन् । उद्योगी राणका अनुसार मकैको चामल, पशुपन्छीले खाने मल्खू, होटल र बेकरी उद्योगमा प्रयोग गरिने कर्नफ्लोर, रोटी खाने पिठो, चिज बल्स–कुरकुरे लगायतका स्न्याक्सको कच्चा पदार्थ स्मल ग्रिट र बिग ग्रिट तथा मकैको चोकर निस्कने छ ।

नयाँ प्रविधिको मेसिन भित्र्याउने यो समूह पहिलो मानिएको छ । राणसहित चारजना यूवाहरुको संयुक्त लगानीमा कृषिमा आधारित उद्योग सञ्चालनमा आएको हो । अत्याधुनिक मेसिन रहेका कारण सफलता हात पार्ने उद्योगीहरुको छ ।
उद्योगकै नाममा रहेको साढे सात कट्ठा जमिनमा उद्योगको स्थापना गरिएको हो । आइतबारदेखि व्यावसायिक उत्पादन सुरु गरिने भएको छ । राणका अनुसार कोरोना कहरका कारण निर्माणका काममा केहि ढिलाई भएपनि सञ्चालनको अवस्थामा आएकोले उपभोक्ताहरुका लागि आवश्यक खाद्यन्न चाँडै बजारमा उपलब्ध हुनेछ ।

उद्योगले धानको भुजा (मुरी) पनि उत्पादन गर्ने राणाले जानकारी दिनुभयो । उद्योगका उत्पादनहरू सोना र रत्ना ब्रान्डमा हुनेछन् । दैनिक ५ टन भुजाको कच्चा पदार्थ चामल तथा ४ टन मकै प्रशोधन गरेर उत्पादन गरिने र आवश्यकताअनुसार उद्योगको क्षमता विस्तार गरिने भएको छ ।

वार्षिक ७० करोडदेखि १ अर्ब सम्मको कारोबार गर्ने लक्ष्य राखिएर स्थापना गरिएको उद्योगमा ४० जनाले रोजगारी पाउने बताइएको छ । मुख्य बजार पूर्वी नेपाललाई आधार बनाएर क्रमशः काठमाडौं, पोखरा, भैरहवा लगायतका स्थानमा पनि उत्पादन पठाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्