उत्साह छैन तर भित्रदैं छ झिलिमिलि, पड्कदैछ पटाका

उत्साह छैन तर भित्रदैं छ झिलिमिलि, पड्कदैछ पटाका

विराटनगर । कोरोना संक्रमणका कारण नेपालीहरुका महत्वपूर्ण दुई चाड शुभदिपावली र छैठ मान्न खासै उत्साह नहुने भएपनि त्यसका लागि आवश्यक पर्ने बिलासीका सामाग्री भित्रन भने रोकिएको छैन । प्रहरीले अवैध रुपमा भित्र्याउने आतसबाजी(पटका) नियन्त्रण गर्दै आएको छ । तर, भन्सारबाट वैध र अवैध रुपमा तिहार तथा छैठको लागि आवश्यक पर्ने अतासबाजी तथा झिलिमिलि भित्रने क्रम नरोकिएको हो ।

विराटनगर भन्सारबाट चालु आर्थिक बर्षको साउनदेखि असोज मसान्तसम्मको त्रैमासिक अवधीमा मात्रै १ करोड ३ लाख मुख्य बराबरको झिलिमिली बत्ती आयात भएको छ ।
दशैं सकिए लगत्तै तिहार र छठपर्व लक्षित चाडपर्वलाई भन्सारबाट भिलीमिली बत्ती तथा बिलासिताका वस्तु भित्रने क्रम धमाधम भईरहेको हो ।
चालु आर्थिक बर्षको असोज मसान्तसम्म ५७ रुँपैया ३० पैसा प्रति युनिटका दरले कुल १ लाख ७९ हजार ८ सय ९१ युनिट झिलिमिली बत्ती नेपाल भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक बर्ष २०७६÷२०७७ को यही अवद्यिमा विराटनगर भन्सारबाट ५४ रुँपैया २१ पैसा प्रति युनिटका दरले १ करोड ४८ लाख ३२ हजार १ सय रुँपैया मूल्यको २ लाख ७३ हजार ५६५ युनिट झिलिमिली बत्ती आयात भएको थियो ।

 

तिहार नजिकिएसँगै करोडौं मुल्य बराबरको झिलिमिली बत्ती आयात भएपनि यसबर्ष फुलको आयात भने शुन्य रहेको छ । कोरोना महामारीका कारण फुलको आयात प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ । यसबर्ष फुलको आयात शुन्य भएपनि आर्थिक बर्ष २०७६÷२०७७ मा भने विराटनगर भन्सारबाट ५७ लाख ९६ हजार २ सय ३५ रुँपैया मूल्यको ६३.८२ मेट्रिक टन फुल आयात भएको थियो । यस्तै आर्थिक बर्ष २०७५÷२०७६ मा पनि ३५ लाख १२ हजार ९ सय ४७ रुँपैया मुल्यको ६०.१८ मेट्रिक टन फुलको आयात भएको भन्सार कार्यालयकी सुचना अधिकारी सुनिता पौडेलले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण प्रशासनले अन्य बर्षहरु झैं चाडपर्व मनाउन रोक लगाएपछि यसबर्ष फुलको खपत बढी नहुने अनुमानसहित बजारमा फुलको माग शुन्य भएसँगै आयात पनि शुन्य भएको भन्सार कार्यालयको बिश्लेषण छ । यसबाहेक अन्तराष्ट्रिय सीमा नाकाहरु हालसम्म बन्द हुँदा रिक्सा र ठेलामा आयात हुने फुलहरु पनि भित्रन नसेकेको कार्यालयले जनाएको छ ।

वैधानिक रुपमा भन्सार हुँदै भित्रने झिलिमिले बत्ती मात्रै नभई अवैध रुपमा भित्रने सामाग्री समेत उस्तै रहेको छ । प्रहरीले सीमावर्ती नाकामा कडाई गरेको दावी गर्दै आएपनि अहिले पनि पटाका तथा पटाकाजन्य वस्तुको पैठारी नरोकिएको हो ।
प्रहरीले सेटिङ नमिल्दा नियन्त्रणमा लिईने अतासबाजी तथा पटाका पहुँचका आधारमा खुल्लम्खुल्ला भित्रने गरेको हो । पहुँचवालाले कारमा पटाका राखेर भित्र्याउने गरेको दावी अवैध सामान भित्र्याउनेहरुले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्