कोशी ग्यासको तौल साढे तीन केजी कम

कोशी ग्यासको तौल साढे तीन केजी कम

विराटनगर । कोरोना सन्त्रासको बेला उपभोक्ताले आवाज उठाउन नसक्ने अवस्थाको मौका छोपी कोशी ग्यास उद्योगले ग्यासमा मनपरी तौल राख्ने गरेको पाइएको छ । कोशीको सिल प्याक गरेको सिलिण्डरमा साढे तीन केजीसम्म न्यून तौल भेटिएपछि यस्तो रहस्य खुलेको हो ।
विगतमा समेत विवादित कोशी ग्यासको विराटनगर–२ तीनपैनीचौकका उपभोक्ता रतनकुमार बर्माले बिहीबार खरिद गरेको कोशी ग्यासको सिलिण्डरमा ३ केजी ३०० ग्राम कम तौल भेटिएपछि यस्तो रहस्य बाहिर आएको हो ।

खोल्दै नखोलेको सिलिण्डर ग्यासमा शंका लागेर तौल गर्दा २९ किलो ६०० ग्राम हुनुपर्नेमा २६ किलो ३०० ग्राम मात्र भएको भेटिएको थियो । प्रत्येक सिलिण्डरमा ग्याँस उद्योगहरुले १४ किलो २०० ग्राम ग्याँस भरेर पठाउने गरेकोमा बर्माले दुई वटा सिलिन्डर ग्यास खरिद गरेकोमा एउटा सिलिण्डरको ३ किलो ३०० ग्राम कम तौल भेटिएको थियो । उनले ग्यास बिक्री गर्दै हिड्नेसँग ग्यास खरिद गरेका थिए ।

दुईवटा सिलिण्डर खरिद गर्दा एउटामा वजन कम भएको आशंका आफैं गरेका हुन् । दुई वटा सील प्याक गरिएको कोशी ग्यासको सिलेण्डर खरिद गरेपछि एउटा हल्का जस्तो लाग्यो अनि तौल गर्दा अलग–अलग तौल रहेको थियो उनले भने ‘एउटा ग्यासको सिलेन्डरमा तीन केजी ३०० ग्राम कम तौल छ ।

खरिद गरिएको सिलिण्डर तौल कम फेला परेपछि बिक्री गर्ने टेम्पु चालक दक्षिणतर्फ भागेको र पछि आफुले पछ्याएर फेला पारेको बर्माले बताएका छन् । बर्माले डिलरहरूबाट ग्यास खरिद गरेर डुलाउँदै हिडने टेम्पु चालक राजकपुर मण्डलबाट ग्यास खरिद गरेका थिए । मण्डलले विराटनगरका तीन डिपोबाट सिलिण्डर खरिद गरेर बिक्री गर्दै आएको आएको बताएका छन् ।

डुलाउँदै ग्यास बिक्री गर्ने मण्डलले खरिद गरेको डिलरको नाम भने खुलाएका छैनन् । सिलिण्डर सीलप्याक भएकाले उद्योगकै बदमासी हुनसक्ने देखिएको छ ।

उपभोक्ताले सीलप्याक ग्याँस खरीद गर्दा तौल गर्न सम्भव नहुने भएकाले अन्य कतिपय ब्यक्ति समेत ठगिएको हुनसक्ने आशंका गरिएको छ । कोशी ग्याँस उद्योगका म्यानेजर सचित उपाध्यायले सिलिण्डर चेकजाँच गरेपछि मात्र केहि भन्न सक्ने प्रतिक्रिया दिएका छन् । उनले भरसक समाचार नलेख्न भन्दै पछि भेट्न सकिने प्रतिक्रिया दिएका छन् ।
उद्योगले बजारमा पठाउने ग्यासहरू तौलिएर पठाउने गरिएको उनको दावी छ । यस विषयमा ग्यास कम्पनीमा ल्याउपछि बुझेर मात्र भन्न सकिने भन्दै उनी पन्छिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्