प्रदेश १ का कानूनमन्त्री कोरोनामुक्त

प्रदेश १ का कानूनमन्त्री कोरोनामुक्त

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की कोरोना सङ्क्रमणमुक्त भई आज विहिबारदेखि नियमित काममा फर्कनुभएको छ ।
मन्त्री कार्कीलाई कोरोना सङ्क्रमण देखिएको १४ दिन पूरा भएकाले आजबाट होम आइसोलेशबाट बाहिर आउनुभएको उहाँका निजीसचिव रवी खनालले बताउनुभयो । दुई सातापछि पुनःपरीक्षण आवश्यकक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्गनिर्देशन र विज्ञको सल्लाह अनुसार मन्त्री कार्की बाहिर निस्कनुभएको हो ।
सामान्य अवस्थाका व्यक्तिले १४ दिनपछि पुनः परीक्षण नगर्दा हुने विश्व स्वास्थ्य संगठन र राष्ट्रिय परीक्षण प्रयोगशालाको मार्गनिर्देशनमा उल्लेख भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा सुरेश मेहताले बताउनुभयो । मन्त्री कार्कीलाई यही कात्तिक ६ गते सङक्रमण देखिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्