विराटनगरमा तीन र धरानमा दुईजना संक्रमितको मृत्यु

विराटनगरमा तीन र धरानमा दुईजना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा रहेका ३ वटा कोभिड १९ उपचार केन्द्रमा उपचाररर्थ ३ जना र धरानको वीपी प्रतिष्ठानस्थित कोभिड अस्पतालमा दुईजना गरि पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चारजना महिला र एकजना पुरुष रहेको अस्पतालहरुले जानकारी दिएका हुन् ।

विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया महिलाको उपचारको क्रममा न्युरो कोभिड अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार शुक्रबार बिहान १ बजेतिर महिलाको मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि गत बुधबार महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको आचार्यले बताए ।

यसैगरी नोवेल अस्पतालमा पनि एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगरकी ७२ बर्षिया महिलाको शुक्रबार विहान ७ः ३० बजे मृत्यु भएको अस्पतालका प्रशासकिय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । यता कोशी कोभिड १९ उपचार केन्द्रमा पनि एक महिलको मृत्यु भएको अस्पतालले जनाएको छ ।

धनकुटा–४ की ३२ महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा बिहान ८ः१५ बजेतिर मृत्यु उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी वीपीमा धरान–१२ ७८ वर्षीया महिलाको मृत्यु भएको छ । यसैगरी उदयपुर कटारीका १४ वर्षीय बालकको समेत आजै मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिस श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्