रंगेली अस्पतालका सातजना चिकित्सक तथा नर्सलाई कारवाहीका लागि सिफारिस

रंगेली अस्पतालका सातजना चिकित्सक तथा नर्सलाई कारवाहीका लागि सिफारिस

रबिन्द्र बराल
रंगेली । अस्पताल परिसर भित्रै निजी औषधी व्यापारीसँग मदिरा पाटी चलाएको आरोपमा रंगेली अस्पतालका सातजना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारवाही सिफारिस गरिएको छ । गत कार्तिक ६ गते बिहीबार मध्यरातमा नर्सिङ क्वाटरमा चिकित्सकहरुले मदिरा पाटी गरेको विषयलाई लिएर उनीहरुलाई कारवाहीका लागि सिफारिस गरिएको हो ।

उनीहरुले अस्पताल परिसरमा मदिरा सेवन गरेको विषय बाहिरिएपछि कार्तिक ७ गते  डिउटी रोष्टम समेत छोडेका थिए । रंगेली नगरपालिकाले यसरी डिउटी छोड्ने सातजनालाई कारवाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरेको हो ।

नगरपालिकाले अस्पतालमा कार्यरत डा. सुनिल कुमार चौधरी, डा. रोशन झा, डा. लक्ष्मि नारायण कामत, स्टाफनर्स वर्षा श्रेष्ठ, अनिता कुुुमारी मेहता, अनमी यशोदा भण्डारी र आस्मा माझीलाई कारवाही गर्नका लागि सिफारिस गरिएको नगरपालिकाका मेयर दिलिप बगडीयाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्