विराटनगर–१७ बाट २४ तोला सुनसहित भारतीय हुण्डि कारोबारी पक्राउ

विराटनगर–१७ बाट २४ तोला सुनसहित भारतीय हुण्डि कारोबारी पक्राउ

विराटनगर । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट रानीले तस्करीको सुन, हुण्डिको पैसासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुनका गहना र अवैध हुण्डिको रकम बोकेर भारतदेखि नेपालतिर ल्याउँदै गरेको अवस्थामा विराटनगर १७ इस्लामपुरबाट पक्राउ गरिएको हो ।

भारतीय नागरिक दिपककुमार भगतलाई साढे २४ तोला सुनको गहना र हुण्डीको अवैध ६ लाख ६२ हजार ६५० रुपैयाँसहित पक्राउ गरिएको छ । भारतको अररिया जिल्लाको जोगवनी नगर पन्चायत १३ घर भएका भगतलाई बिहीबार साझ अवैध सुनसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बिओपी रानीका प्रमुख इनिस्पेक्टर मौसम पोखरेलको नेतृत्वमा खटिएको टोलीले भगतको साथबाट २८९.४४० ग्राम सुनको गहना बरामद गरेको थियो । सशस्त्र प्रहरीले उनको साथबाट लकेट ३७ थान, हातमा लगाउने ब्रास्केट ४ थान, झुम्का १० थान, चुरा २ थान र मोवाइल एक थान बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिनुभयो ।

भगतले सुनको गहना अन्डरवेयरभित्र र कम्बरमा पटुका बाँधेर लुकाएको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको थियो ।
यसैगरी जुत्ताभित्रको मोजामा टेपले बाधेर ६ लाख ६२ हजार ६ सय ६२ रुपैयाँ समेत बरामद गरिएको थियो । बरामद भएको सुन गरगहना र नगदसहित पक्राउ परेका अभियुक्तलाई सशस्त्र प्रहरीले आवश्यक कारवाही र अनुसन्धानको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । सुनको गहना र हुण्डीको पैसा बोकेर आएका भगत भरिया रहेको हुनसक्ने प्रहरीको प्रारम्भिकक अनुसन्धानमा खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्