विराटनगर दुध फारममा लहरीको ठक्करबाट टेम्पोमा सवार तीनजना घाइते

विराटनगर दुध फारममा लहरीको ठक्करबाट टेम्पोमा सवार तीनजना घाइते

विराटनगर । विराटनगर ३ दुधफारम दक्षिण औषधी विभाग जाने बाटोमा शुक्रबार अपरान्ह सवारी दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् ।
भारतीय लहरीले टेम्पोलाई ठक्कर दिदाँ टेम्पोमा सवार ३ जना गम्भिर घाईते भई नोवेल अस्पतालमा उपचार भईरहेको मोरङ ट्राफिक प्रमुख राकेश कमार पोद्धारले जानकारी दिनुभयो ।

दुवै सवारी साधन टंकीसिनवारीबाट दक्षिण बरगाछीतर्फ आउँदै गरेको अवस्थामा लहरीले ट्याम्पोलाई ठक्कर दिएको हो ।
ट्याम्पोलाई ठक्कर दिने लहरीका चालक मोरङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्