भारतको मसला विराटनगरमा नक्कल

भारतको मसला विराटनगरमा नक्कल

विराटनगर । विराटनगर ५ जामुनगाछी दक्षिण राधाकृष्ण रोडमा मालतिदेवी जैनले संचालन गर्दै आएको भवानी मसला एण्ड फुड उद्योगमा बजार अनुगमनको टोलीले अनुगमन गरेको छ ।
विराटनगरको बजारमा भारतीय ब्राण्डको एम.डि.एच. मसला हुबहु सक्कललाई नक्कलको रुपमा उत्पादन गरेको भेटिएपछि नियामक निकायले अनुगमन गरेको हो ।

स्थानिय उपभोत्ताबाट जनगुनासो सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरमा उजुरी सहितको निवेदन परेपछि अनुगमन टोलीले मसला उद्योगमा अनुगमनलाई गरेको थियो ।
भारतको महिस्ना दि हाती कम्पनीले उत्पादन गर्दै आएको मसला विराटनगरको भवानी मसला उद्योगले नक्कल गरेर नक्कली बनाएको आरोपमा अनुगमन टोलीले उद्योगमा अनुगमन गरेको थियो ।

अनगमनका क्रममा खाद्य प्रविधि तथा नापतौल विभाग विराटनगरका प्रमुख राजकुमार रिजालले कार्यालयमा उपभोत्ताले गत कात्तिक १६ गते दिएको निवेदनको आधारमा भारतमा उत्पादित मसला यहाँको उद्योगले हुबहु कपि गरेर बेचेको भन्ने उजुरी सहित आएपछि उद्योगमा अनगुमन गरिएको बताए ।
अनगुमन टोलीले स्थलगत अनुगमनपछि उद्योग विभाग त्रिपुरेश्वर काठमान्डौबाट एम डी एच मसलाको ट्रेड मार्क लिएको देखियो तर हालको लागी उत्पादित मसला गुणस्तरीय छ की छैन भनेर परीक्षणको लागी हाल कार्यालयमा विभिन्न ब्राण्डका मसला चेकजाँचको लागी राखिएको रिजालले बताए ।

यता बाणिज्य कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलका अनुसार उद्योग विभागसँग सम्बन्धीत कागजपत्र र टे«ड मार्कसँग सम्बन्धीत उत्पादनहरु म्याच गर्छ की गर्दैन भनेर उद्योगका आधिकारिक व्यक्तिलाई ३ दिन भित्र कागजपत्र सहित कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ । उद्योगका सम्बन्धीत व्यति नभेटिएपछि अनुगमनको टोलीले कागजपत्र सहित ३ दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ । यता भवनी मसला एण्ड फुड उद्योगका प्रबन्ध निर्देशक राहुल कुमार जैन भने एम डी एम मसला उप्पादन गर्नको लागी काठमान्डौमा रहेको उद्योग विभागबाट अनुमित लिईसेको समेत जानकारी गराए ।

केही समय अगाडी भारतको एम डी एच मसला कम्पनीले आफुहरु उपर मुद्धा समेत हालेको तर भारतले नेपालमा उत्त नामको कुनै पनि दर्ता नगराएका कारण मुद्धा आफुहरुले जितेको जैनले बताए । जैनले भने ‘मसलाका केही काटुर्नमा हिन्दी भाषाको शब्दहरु छन् तिनीहरुलाई अबको दिनमा हटाएर लैजानेछु ।’

अनगुगमन टोलीमा बाणिज्य विभाग कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेल, नासु दिर्घराज घिमिरे, खाद्य प्रविधी तथा नापतौल कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजाल, जिल्ला प्रशासन कार्यालय मोरङका नासु सुदिप कटुवाल लगायत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्