विराटनगरमा छठ पर्व मनाउन निषेध गरिए आन्दोलन गर्ने चेतावनी

<span class='c1'>विराटनगरमा छठ पर्व मनाउन निषेध</span> <span class='c2'>गरिए आन्दोलन गर्ने चेतावनी</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले भीडभाडरहित पर्व मनाउन गरेको आदेश विरुद्ध विराटनगरमा छैठ पर्व मनाउन छुट दिनुपर्ने भन्दै केहि संघसंस्थाले आन्दोलनको चेतावनी दिएका छन् । कोरोना संक्रमणको त्रास देखाएर आस्था र विश्वासमाथि रोकछेक गर्न नमिल्ने बताउँदै निर्वाध रुपमा छैठ मनाउन नदिए आन्दोलनमा उत्रनेसम्मको तयारी गरिएको हो ।

छैठ पर्वलाई भव्य रुपमा मनाउन पाउने अधिकार कुण्ठित गरिनु नहुने बताउँदै उनीहरुले स्वास्थ्य मापदण्डको ख्याल आफैं गर्ने बताएका हुन् ।
छैठमा अवरोध गर्न नमिल्ने बताउँदै विभिन्न नामका ९ वटा संघ तथा समितिहरुले जिल्ला प्रशासन कार्यालय मोरङलाई पर्व मनाउन सहजीकरण गरिदिनुपर्ने माग गरेका हुन् ।

आन्दोलनमा समेत उत्रनसक्ने चेतावनी दिदैं त्रिलोकीनाथ तथा छठपुजा मन्दिर विराटनगर, झरना चौक छठपुजा समारोह समिति, पिछरा वडा नम्बर ११ छठपुजा समिति, हिन्दुपरिषद् नेपाल मोरङ, हलुवाई समाज कल्या सेवा समिति, सहनी कल्याण समाज समिति, नेपाल बैश्य युवा संघ मोरङ, मोरङ माछा व्यवसाय संघ र मरिक टोल संगठन विराटनगर–११ ले निर्वाध रुपमा छैठ मनाउने नदिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

आइतबार यी संघ र समितिमा आवद्धहरुले पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजना गरि मोरङमा मात्रै छठ मनाउन अवरोध गर्न खोजिएको आरोप लगाएका छन् । त्रिलोकीनाथ तथा छठपुजा मन्दिर समिति विराटनगरका अध्यक्ष रामकुमार चौधरीले सरकारका भेला, उद्घाटन, शिलन्यास जस्ता कार्यक्रम सुरु भईसकेको र बजार समेत खुल्ला भएकोले छैठमा कुनै निषेध गर्न नमिल्ने दावी गर्नु भएको छ ।
यसैगरी सचिव सन्जय मण्डलले आफ्नो आस्था संरक्षणका लागि संघर्ष गर्नुपर्ने अवस्थामा आउनसक्ने बताउँदै धर्म र आस्थामा रोकावट भए जीवन दान हुनसक्ने चेतावनी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्