विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले फेरि मंसिर ६ गते सम्म निषेधाज्ञा जारी गरेको छ । नेपालीहरुको महान पर्व तिहार र छठलाई मध्यनजर गदै निषेधाज्ञा जारी गरेको हो ।
मन्दिर शक्तिपिठ र समाजमा सामुहिक रुपमा गरिने क्रियाकलाप समेत रोक्ने भएको छ । सुनसरीमा कोरोना संक्रमित समेत बढ्दै गएको भन्दै भोलि २४ गते देखि मंसिर ६ गते सम्म सुनसरी जिल्लाभर निषेधाज्ञा जारी गरेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीले एक सुचना जारी गर्दै जनाएका हुन ।
देउसी भैलो जुवा,तास खेल्न नदिने,मेला जात्रा सञ्चालनमा रोक,भजन कृतनमा समेत रोक लगाईएको छ । सामुहिक भेला हुने क्रियाकलाप रोक्ने भएको छ ।