कानेपोखरी गाउँपालिका वडा न. ४ द्वारा वर्षभरिका योजनाहरु सार्वजानिक

<span class='c1'>कानेपोखरी गाउँपालिका वडा न. ४</span> <span class='c2'>द्वारा वर्षभरिका योजनाहरु सार्वजानिक</span>

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ ले आर्थिक विवरणसहित कार्यप्रगति विवरण सार्वजानिक गरेको छ ।
आइतबार आर्थिक वर्ष २०७४÷२०७५ देखि २०७६÷२०७७ सम्मको बार्षिक कार्यप्रगती विवरण तथा २०७७-२०७८ को कार्यक्रमबारे पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

वडाले चालु आर्थिक बर्ष २०७७-२०७८ का लागि ६० लाख रुपैयाँका कार्यक्रम तथा आयोजनाहरु सम्पन्न गर्नका लागि बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७४÷२०७५ मा यस वडाले १ करोड १५ लाख ५० हजारको कार्यक्रम तथा योजनाहरु सम्पन्न गरेको छ। गाउँपालिकाबाट वडामा आएको ६३ लाख ६ हजार रुपैयाँको कार्यक्रम सम्पन्न भएको वडाअध्यक्ष धनबहादुर राईले पत्रकार सम्मेलनमा जानकारी दिए।
त्यस्तै, २०७५-२०७६ मा वडाभित्र ६० लाखका योजनाहरु सम्पन्न भएका छ्न भने पालिकाबाट ७५ लाख १६ हजारको योजनाहरु पूरा भइसकेका छ्न। प्रदेशबाट जनता आधारभूत विद्यालय घेराबाराका लागि ८ लाख खर्चिएको हो। संघीय सरकारबाट बयरवन स्वास्थ्य चौकी घेराबाराका लागि १० लाखको बजेट बिनियोजन भई आएको थियो ।

वडाअध्यक्ष राईका अनुसार २०७६÷२०७७ मा सामाजिक विकासतर्फ ३ लाखमध्ये कोभिडका कारणले १ लाख २५ हजारको तिनवटा योजनाहरु स्थगित भएका छ्न। पूर्वाधार विकासतर्फ ३९ लाख रुपैयाँको कार्यक्रमहरु सम्पन्न भइसकेका छ्न भने सार्वजनिक सेवा तथा क्षमता विकासका लागि छुट्टीएको १० लाख ५० हजारमध्ये ५० हजारको योजना कोरोना कारणले सुचारु हुन नसकेकोको हो । अन्य सबै कार्यक्रमहरु सम्पन्न भइसकेका छ्न।पालिकाबाट आएको ४७ लाख ८० हजारको विभिन्न योजनाका कार्यक्रमहरु सम्पन्न भएका छ्न ।

प्रदेशबाट छुट्टीएको २७ लाख रुपैयाँको विभिन्न योजनाहरु सम्पन्न भएका छ्न । संघिय सरकारको तर्फबाट ४० लाख ४५ हजार ७ सय ६२ रुपैयाँको कार्यक्रम पूरा भएको दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्