बिराटनगर । भारतबाट चिनी बोकेको झोलामा लुकाएर नेपाल भित्र्याउँदै गरेको लागुऔषधसहित एकजना अस्पतालका कर्मचारीलाई सशस्त्र प्रहरी बलले विराटनगरमा नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरीबाट दरैयामा खटेको सहायक प्रहरी निरीक्षक बिनोद मन्डलको टोलि र लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश १ को संयुक्त टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका परेका व्यक्ति बिराटनगर १४ बस्ने वर्ष ३२ को दयाराम यादव हुन् । यादवले आफ़ुलाई बिराटनगरको एक अस्पतालमा कार्यरत कर्मचारी रहेको दावी गर्दै आएका छन् । उनले चिनीको झोलामा डाईलेक्स डिसी १ सय एम.एल. को १५ सिसी लुकाएर ल्याएका थिए ।
नियन्त्रणमा परेका उनलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी लागुऔषध नियन्त्रण ब्युरोलाई जिम्मा दिएको छ ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार उनी विरुद्ध अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ । यादव अस्पताल चौकमा रहेको गोल्डेन अस्पतालमुनी सञ्चालित प्रथम फार्मेसीको कर्मचारी रहेको खुल्न आएको छ ।