यातायात अनिश्चित बन्द तत्काल स्थगित, मंसिर १५ गतेदेखी देशव्यापी गर्ने निर्णय

यातायात अनिश्चित बन्द तत्काल स्थगित, मंसिर १५ गतेदेखी देशव्यापी गर्ने निर्णय

विराटनगर । लकडाउनभरिको बीमा समयाअबधी बढाउनुपर्ने लगायत ९ बुँदे माग राख्दै सार्वजनिक यातायात केन्द्रिय महाँसघ नेपाल प्रदेश न. १ ले कार्तिक २३ गतेदेखी गरेको अनिश्चत यातायात बन्द तत्काल स्थगित गरेको छ ।

विश्व ब्यापी कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दिको कारण सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल प्रदेश १ ले आफ्ना माग राखी प्रदेश सरकारलाई पटक पटक ज्ञापन पत्र बुझाएर ध्यानआकर्षण गराउँदा पनि सुनुवाई नभएपछि कातिक २३ देखि सार्वजनिक यातायातका साधन अनिश्चितकालिन बन्दको घोषणा गरेको थियो ।

तर सार्वजनिक यातायात केन्द्रिय महासघको निर्णय अनुसार तत्कालको लागी दिपावली र छठ पर्वको मध्यनगर गर्दै अनिश्चितकालिन बन्द फिर्ता गरेको सार्वजनिक यातायात केन्द्रिय महासंघ प्रदेश १ का महासचिव रमेश खत्रीले जानकारी दिए । तर, यस अघि भएको निर्णय अनुसार आगामी मंसिर १५ बाट भने देशव्यापी नै सार्वजनिक यातायात बन्द गर्ने घोषण रहेको खत्रीले बताए ।

महासंघले १ नं. प्रदेश भरिका सम्पूर्ण रोडमा चल्ने तिनपाग्रेदेखी माथिका सबै सवारीसाधनहरु बन्द गर्ने जनाएको थियो । लकडाउन अबधि प्रदेश सरकारले सार्वजनिक सवारीमा लिने सबै प्रकारको कर मिनाह गर्नु पर्ने, बैंक ब्याजदर सहुलियत गर्नुपर्ने, प्रदेशस्तरीय सार्वजनिक यातायात संरक्षण आयोग गठन गर्नु पर्ने, लकडाउनभरिको बिमा समयाअबधि बढाउनुपर्ने लगायत ९ बुँदे माग उनीहरुले उठाउदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्