विराटनगरको म्याक्स अस्पतालमा अनुमति बिनै कोरोना संक्रमित भर्ना, चारजनाको मृत्युपछि प्रशासनले रोक्यो

<span class='c1'>विराटनगरको म्याक्स अस्पतालमा अनुमति बिनै कोरोना</span> <span class='c2'>संक्रमित भर्ना, चारजनाको मृत्युपछि प्रशासनले रोक्यो</span>

विराटनगर । सरकारसँग अनुमति नै नलिईकन कोभिड १९ अस्पताल सञ्चालन गरी चर्काे शुल्क असुल गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको म्याक्स इन्टरनेशनल अस्पतालको सेवा बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले म्याक्स अस्पताललाई संक्रमितको उपचार बन्द गर्न निर्देशन दिदैं लिखित स्पष्टीकरण सोधेको हो ।

प्रशासनले कोरोना अस्पताल बन्द गरी उपचाररत विरामीलाई अन्यत्र उपचारको प्रवन्ध मिलाउन कडा चेतावनी समेत दिइएको छ । न्यूनतम मापदण्ड समेत पूरा नगरी अस्पतालमा कोरोना संक्रमित भर्ना गरेर चर्को शुल्क असुल्दै आएको म्याक्समा भर्ना भएकामध्ये चारजना संक्रमितको मृत्यु समेत भईसकेको छ ।
अनुमति बिना सञ्चालनमा रहेको अस्पतालले न्यूनतम मापदण्ड पनि पुरा नगरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो । संक्रमितको उपचार सरकारले नगर्ने घोषणा गरेपछि म्याक्सले अन्य सेवा बन्द गरेर कोभिड संक्रमितको उपचार सुरु गरेको थियो । आफू खुसी सञ्चालन गरेर विरामीसँग चर्काे शुल्क असुल गरेको पाइएपछि बन्द गरी लिखित स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।

न्यूनतम मापदण्ड पुरा नगरी विरामीबाट दैनिक ८० हजार रुपैँयासम्म चर्काे शुल्क असुल गरेको पाइएपछि कारबाहीका लागि अस्पताललाई स्पष्टिकरण सोधिएको छ । तर, यस अगाडी भर्ना गरेर उपचारका क्रममा मृत्यु भएका बिरामीका आफन्तले गरेको गुनासोको विषयमा भने प्रशासन मौन बसेको छ । मापदण्ड विपरितका अस्पतालमा भर्ना गरेर उपचार गराउँदा नागरिकको मृत्यु भएको विषयमा समेत प्रशासनले कडा कदम चालेर कारवाहीको दायरामा ल्याउनु पर्ने भएपनि त्यस विषयमा प्रशासन मौन देखिन्छ । प्रशासनले संक्रामक रोग निवारण ऐन २०२० अनुसार कारवाहीको प्रकृया अघि बढाएको दावी गर्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार अस्पतालले महँगो शुल्क लिएका कारण अनुमति पाइहालेको अवस्थामा सरकारले तोकेको मात्रै शुल्क लिन निर्देशन दिइएको छ । अस्पतालले कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क १० हजार, १५ हजार, २० र ३० हजार शुल्क तोकेको म्याक्स अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले बताए । उनका अनुसार भेन्टिलेटरमा बस्ने बिरामीले दैनिक ३० हजार शुल्क तिर्नुपर्छ ।

 

मेहताले कोरोना संक्रमितको उपचारका लागि कुनै निकायबाट स्वीकृति नलिएको बताए । उनले स्वीकृति लिने प्रकृया सुरु गरेको बताए । उनले स्थानीय सरकारले भने अस्पताल सञ्चालन गर्न मौखिक सहमति दिएको बताएका छन् । अस्पताल प्रशासनले प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयसँग समेत अनुमतिका लागि प्रक्रिया बढाएको दावी गरेको छ ।

प्रशासनको पत्रपछि अस्पतालले नयाँ बिरामी भर्ना गर्न छाडेको छ । आइतबार ११ जना कोरोना संक्रमित उपचाररतः रहेका थिए । यसपछि नयाँ बिरामी भर्ना नलिएको मेहताले दावी गरेका छन् ।
सरकारले तोकेको शुल्कमा संक्रमितको उपचार गर्न नसक्ने बताउँदै उनले कोरोना अस्पताल सञ्चालन गर्ने नगर्ने विषयमा व्यवस्थापन समितिले निर्णय गर्ने बताए ।

सरकारले कोरोना संक्रमितले आफ्नो उपचार खर्च आफै व्योहोर्नु पर्ने निर्णय गरेपछि कात्तिक पहिलो साता अस्पतालले सबै सेवा बन्द गरेर कोरोना संक्रमितको उपचार सुरु गरेको थियो । अस्पतालमा हालसम्म ४० जना विरामी भर्ना भएको र जसमा ४ जनाको मृत्यु भएको मेहताले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्