मोरङ जहदामा ५ शैयाको आईसोलेशन अस्पताल

मोरङ जहदामा ५ शैयाको आईसोलेशन अस्पताल

विराटनगर । मोरङको जहादा गाँउपालीकामा कोरोना संक्रमितहरुको उपचारका निम्ति ५ शैयाको कोभिड–१९ आइशोलेसन अस्पताल सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले सोमबारदेखि वडा नंं. ५ स्थित मझारे स्वास्थ्य चौकीलाई कोभिड अस्पतालमा स्तरोन्नति गरि सञ्चालन ल्याएको हो ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने सरकारको योजना अन्तर्गत सो अस्पताल सञ्चालनमा ल्याइएको गाँउपालिकाले जनाएको छ । संघीय सरकारकै १० लाखको सहयोगमा न्यूनतम स्वास्थ्य पूर्वाधारसहित सो अस्पताल सञ्चालनमा ल्याइएको अध्यक्ष कैलाश प्रसाद मण्डलले जानकारी दिनुभयो । पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेकाले स्थानीय तहका संक्रमितलाई स्थानीयस्तरमै उपचार गर्ने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याइएको हो ।

प्रारम्भिक चरणमा मध्यम प्रकृतिका संक्रमितहरुको निःशुल्क उपचारका निम्ति गाउँपालिकाले अस्पतालमा ५ वटै बेडलाई पुग्ने अक्सिजन, एम्बुलेन्स, औषधी र आवश्यक स्वास्थ्य पूर्वाधारहरुकोे व्यवस्था गरेको छ । यसबाहेक गम्भीर प्रकृतिका कोरोना संक्रमितहरुको उपचारका लागि गाउँपालिकाले पौने २ करोडको लागतमा १५ शय्याको एक तले अस्पताल निमार्णका लागि टेण्डर समेत आव्हान गरिसकेको प्रशासकीय अधिकृत सुर्वण घिमिरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्