मौसम परिवर्तनसँगै एलर्जीको समस्या बढ्न थाल्यो

मौसम परिवर्तनसँगै एलर्जीको समस्या बढ्न थाल्यो

विराटनगर । मौसम परिवर्तनसँगै एलर्जीको समस्या बढ्न थालेको छ । एलर्जी हुँदा शरिर चिलाउने, साना साना राता फोकाहरु आउने जस्ता देखिन्छन् । एलर्जी क्षणिक रुपमा हुने समस्या भएतापनि कतिपय अवस्थामा यसका कारण ज्यान जान पनि सक्छ । मौसम परिवर्र्तन, खानेकुरामा तथा प्रयोग गर्ने सामाग्रीका कारण एलर्जी हुने गर्छ ।

मौसम परिवतनसँगै एलर्जीको समस्या बढ्न थालेको मनिपाल मेडिकल कलेजका चिकित्सक रिसव गौतमले बताए । उनी भन्छन्,‘शरीरमा भएको कुनै तत्वको अगेनेष्टमा डेभलप हुने इमिनोलोजीकल रियाक्सनलाई मेडिकलको भाषामा एलर्जी भन्ने गरिन्छ ।’
हामिले खाएका खाने कुरादेखि लिएर आन्तरिक तथा बाह्य रुपमा प्रतिक्रियामा सन्तुलन नमिल्दा शरीरमा बेचैनी हुने गर्छ । साना राता फोका आउने गर्छ र चिलाउने गर्छ । हालसम्म थाहा भएका एलर्जीहरु हेर्दा झण्डै चार हजार बाहिरी तत्वहरु छन् जसले एलर्जी हुने गर्छ । हेर्दा सामान्य लाग्ने भए पनि के का कारण एलर्जी भयो भन्ने कुरा थाहा पाउन गाह्रो पर्ने भएकाले एलर्जी एक जटिल विराम हो ।

एलर्जीका कारण धेरै हुने भएकाले पत्ता लगाउन समस्या पर्न जान्छ । डाक्टरको सल्लाह अनुसार रगत परीक्षण तथा एलर्जी प्याथचेस्ट गर्न सकिन्छ । जुन एलर्जी पत्ता लगाउने विधि हो । पछिल्लो समय विराटनगरमा एलर्जी भएका विरामीहरु बढ्न थालेको र प्राय एलर्जी मौसम परिवर्तनका कारण हुने एलर्जीका विरामीहरु जाँचका लागि आउने गरेको होमियो दात्वय औषधालयका डा.चन्द्र कुमार रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्