आर्थिक अभावले मृगौला रोगी प्रविणको उपचार हुन सकेन

आर्थिक अभावले मृगौला रोगी प्रविणको उपचार हुन सकेन

रंगेली । मोरङको रंगेली नगरपालिका २ दौलतपुर जिलेवि चोकका २३ बर्षीय मृगौला रोगी प्रविण गिरीको आर्थिक अभावमा उपचार गर्न नसकिएको परिवारले गुनासो गरेका छन् । बिगत ढेडबर्षदेखि दुबै मृगौलाले काम गर्ने छाडेपछि अहिले आर्थिक अभाबका कारण उनको अहिले उपचार हुुन नसकेको हो ।

बिराटनगर स्थित सप्तकोेशी बैकबाट भएको सवा कठ्ठा जग्गा राखेर ३ लाख ५० हजार रुपैयाँ ऋण लिएर उपचार गरिएपनि छोराको स्वास्थ्य सुधार नभएको प्रविणका बुबा पर्शुराम गिरीले बताउनुभयो । उहाँका अनुसार बैंक तथा अन्य सापटी मागिएको ऋण मात्रै १० लाख रुपैँया पुगेको छ । बैंकको ऋणमा ब्याज थपिएर पाँच लाख पुग्यो, पर्शुरामले भन्नुभयो– न छोराको उपचार खर्च जुटाउने सामर्थ छ न त बैंकको ऋण तिर्नसक्ने अवस्था । बैंकले घर जग्गा लिलाम गर्छ की भन्ने चिन्ता समेत छोराको स्वास्थ्यसँगै थपिएको परिवारको गुनासो छ ।

प्रविणकी आमा देवीकुमारी गिरीले विराटनगर नोबेल मेडिकल कलेजमा हप्तामा तीन पटकसम्म डाइलासिस गर्दै आएको बताउनुभयो । हप्तामा ३० देखि ४० हजार रुपैया खर्च हुने गरेको देवीले बताउनुभयो । परिवारले कुनै आर्थिक सहयोग जुट्छ की भन्ने आशा समेत गरेको छ । यस्तो सहयोग गर्ने ब्यक्तिले सिभिल बैक विराटनगरमा रहेको देवि कुमारी गिरी नामको ००६१०३५९२९४०१८ नम्बरको खातामा सहयोग गरिदिन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्