विराट बहिरा मा.वि.का विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामाग्री र पुरस्कार

विराट बहिरा मा.वि.का विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामाग्री र पुरस्कार

विराटनगर । एक नम्बर प्रदेश प्रहरी श्रीमती संघले २९ औं अपाङ्गता दिवसको अवसरमा विराट बहिरा माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसला बढाउन संघले विभिन्न कार्यक्रम आयोजना गरेको हो ।

संघकी अध्यक्ष श्रीजना थापा कार्कीले अपाङ्गता भएका ब्यक्तिहरुलाई माया, सद्भाव, समान हेराईका साथै हौसलाको खाँचो हुने त्यस अवसरमा बताउनु भएको थियो ।
फ़रक क्षमता भएका व्यक्तिहरुलाई समान अवसरका साथ सकारात्मक वातावरण प्रदान गर्न सके उनिहरु व्यवस्थित ढङ्गले कुनैपनि चुनौतिको सामना गर्न सक्ने अध्यक्ष थापाले बताउनु भएको थियो । फरक क्षमता भएका विद्यार्थीहरुले सृजनशिलता, आत्मविश्वास र मेहनतले गर्दा नै समाजका जुनसुकै स्थानमा अन्य व्यक्तिहरु सरह नै आफूहरुलाई स्थापित गर्नसक्ने थापाको भनाई थियो ।

बिद्यालयमा “प्रहरी मेरो साथी” शिर्षकमा चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियगितामा प्रथम हुने निशा खतिवडा, द्धितिय हुने कमलेश बाबु पुर्बे र तृतिय हुने पुनम कुमारी यादवलाई पुरस्कार, त्यसैगरी २५ जना छात्रा छात्रहरुलाई न्यानो कपडा ट्र्याकसुट र मोजा तथा शैक्षिक सामग्रीहरु, ह्याण्ड सेनिटाईजर, खाना पकाउने भाडा वर्तन, चाउचाउ, खेलकुदका समानहरु र मास्क समेत बितरण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्