कफिको सुस्त उत्तेजना अनि विश्व साहित्यको मिश्रीत स्वाद लाई सयुक्त रुपमा प्रस्तुत गर्न को लागि शहरमा एउटा नया क्याफे खुलेको थियो । साहित्य प्रेमिको लागी आफनो मन पर्ने पुस्तक को साहित्यीक चर्चा का साथमा कफिको फरक स्वाद मा रम्नेहरुको भिड हुन्थ्यो क्याफे मा । हामी नि फुसर्द का साझँका केही घण्टाहरु बिताउथ्यौ कुनै सर्जक का सृजनासँग रमाएर ।
त्यो साँझ नि केहि फरक थिएन अरु साँझ भन्दा । हाम्रो एक झुण्ड नै प्रवेश ग¥र्यो क्याफे मा पारदर्शी सिसा को ढोका लाई ढकेल्दै । अब को एक प्रहर हामी त्यहि रहन्थ्यौ । एक एक वटा पुस्तक हातमा लिएर । क्याफेमा पस्ना साथ मेरा आँखाले ३६० डिग्री को कोणबाट सम्पूर्ण क्याफे लाई नियालिसकेछन् । हरेक टेवलमा देखिएका सामान्य दृष्यहरुलाई छिचोल्दै अगाडी बढेका मेरा आँखाका दृष्टी कोठाको देव्रे पट्टीको कुनाको टेवलमा टक्क अडिए। करिब २०, २१ वर्षकी जस्ती देखिने, अत्याधुनिक पहिरनमा सजिएकी युवती टेवलमा एक्लै आफनो सुर मा कफीको चुस्की लिइरहेकी थिइन । यो सामान्य थियो तर असामान्य के थियो भने उनका नसालु एक जोडी आँखा हरु निलो कभरको एक पुस्तकका अक्षरहरुमा मग्न भएर दौडिरहेका थिए । कथा मा भएका उत्तार चडाव उनको आँखाको चालमा प्रस्ट देख्न पाइन्थ्यो । उनको यति सुन्दर अनि आकर्षक व्यक्तित्व लाई छाया पार्दै मलाई झसङग बनायो उनले बोकेको पुस्तक ले । निलो पृष्ठभुमिको कभर माथि ठुला ठुला अक्षरमा लिखिएको थियो – ‘भेरोनिका डिसाइड्स टु डाई ’– पउलो कोएलो’
केहि दिन यता म पउलो कोएलो को यात्रा लाई पछयाइरहेको थिए । ब्राजीलीयन लेखक पउलोका हरेक श्रृङखलाले मलाई मज्जाले छोइरहेको थियो । ७२ भन्दा बढी भाषा मा अनुवाद गरीएको उनको वेस्टसेलर ‘आल्केमीस्ट’ को कथा र त्यसको प्रस्तुतीले आम मानिसलाई जिवन साच्चीकै जिउने कला प्रदान गर्दछ । एउटा वेश्याको मार्मिक कहानीलाई समेटेको ‘एलेभेन मिनिट्स’ को रोमाञ्चक पटकथा र “द जाहिर” पछि मैले हाल पढिरहेको पउलो को श्रृङखला थियो – भेरोनिका डिसाइड्स टु डाइ । मनोवैज्ञानिक ढङगले बुनिएको कथामा मुख्य पात्र भेरोनिका का असामान्य क्रियाकलाप अनि वाक्याङस ले नजिक वाट तानिरहेको थियो मलाई ।
मलाई क्याफे मा झस्काउने कारण पनि यहि थियो । केहि संयोग वा केहि असाधारण । कक्षा ११, १२ पढने जस्तै देखिने ति युवतीले देखाएको फरक व्यवहार रोचक लाग्यो । डिस्को, पार्टी , सिनेमा मा रम्न रुचाउने पुस्ताकी ज्वलन्त उदाहरण ती परी शान्त क्याफे को एउटा कुनामा पउलो की भेरोनिका सँग दौडिरहेकी थिइन ।
म आफनो टेवल मा चुप रहन सकिन । कुनै अदृष्य शाक्तिले मलाई उनको टेवल तर्फ तानिरहेको थियो । त्यो शक्ति के थियो– पउलो, भेरोनिका, उनको आकषर्ण , फरक ब्यवहार वा अन्य कुनै ।
‘‘हेल्लो’’ । उनको सम्मुख को कुर्सि तानेर ठ्याक्कै अघिल्तिर बसी सकेपछि मैले उनलाई औपचारीक सवोधन गरे । आँखाका नानी मात्र पर्लक्क माथि सारेर उनले मलाई अप्ठेरो मानेर हेरिन । असहजता उनका आँखामा पोखिरहेको थियो । मलाई भने मेरो जिवनकै कोही नजिक को पात्र सँग समय विताइरहेझै भान भइरहेको थियो ।त्यो असहजता लाई लम्वाउन मन लागेन । उनको हातको पुस्तक को आकर्षणले उनको टेवल सम्म आफुलाई तानेको यथार्थ प्रस्तुत गरेपछि उनको अनुसार को रङमा नै परिवर्तन आयो । अव उनले मलाई आफनै कक्षाको सहपाठी लाई भन्दा फरक ब्यवहार गरिनन । उनले पनि लगभग पउलोका चचिर्त पुस्तक पढिसकेकी रैछिन । उनको त्यो साहित्य प्रेमले मलाई साच्चीकै आकर्षण ग¥र्यो ।
मैले आल्केमिस्टको प्रसङग उठाए । उनले उत्सुकता साथ त्यसमा सहि थपिन् । सान्टीएगोे र फतिमा को चरित्रलाई मैले बुझे भन्दा मज्जाले उनले मलाई सम्झाइन । एलेभेन मिनेट्स मा समेटीएको मारीया का जिवन यात्रा का हरेक प्रसङग मा हामीले खुलेर चर्चा ग¥र्यौ । ब्राजीलीयन युवती मारीयाको ११ वर्षको उमेरको पहिलो प्रेम, । त्यसपछिका उनका एक पछि अर्का प्रेमिहरु अनि हरेक प्रेमि सँगै जोडिएका प्रेम प्रसङग । अन्नत उनको स्वीजरल्याण्डको यात्रा । त्यसपछि हामी प्रवेश ग¥र्यो उनले पढदै गरेको पुस्तक “भेरोनिका डिसाइडस टु डाई“ मा। भेरोनीका को रहस्यपूर्ण कथाले उनलाई नी त्यसरी नै छोएको रहेछ जसरी मलाई छोएको थियो ।
कथा ११ नोभेम्बर १९९७ बाट सुरु हन्छ । जव त्यो साँझ भेरोनिका ले आफनो जीवन आफैले सिध्याउने निर्णय गर्छिन । स्लीपिङ ट्यावलेट को ओभरडोज खाएर उनि आफैलाई अन्त्य गर्न चाहिन्छन । उनी सँग सवै थोक छ । माया, परिवार, साथीभाई, प्रेम । तै पनि एउटा खालीपना ले उनलाई आत्महत्या सम्म पु्याउछ । उनको आत्महत्या को प्रयासले उनलाई मृत्यु सम्म नपुयाए पनि अस्पतालको शैया मा अचेत अवस्थामा पु¥याउछ । त्यहि अस्पतालको बसाइमा भेरोनिका ले जिवन प्रेम अनि मृत्यु संवन्धीत धेरै प्रश्नको उत्तर खोज्ने प्रयास गर्दछिन् ।
उनी सँगको छोटो समय को साहित्यीक चर्चा वास्तवमै अवस्मरणीय रह्यो मेरो लागि । मेरो सोच भन्दा धेरै परको एउटा अंग्रेजी साहित्य की पाठक को सोच अनि ब्यवहार ले उत्तिकै आकर्षीत ग¥र्यो मलाई । औपचारिक परीचय आदान प्रदान हामी छुट्टीनु नै थियो र छुट्टीयौँ पनि । बाटाभरी उनी सँगै बसाइ अनि भलाकुसारी को झझल्को साथ लीएर हिडी रहेँ । अबको पहिलो गन्तब्य थियो छिटो भन्दा छिटो सामाजिक सञ्जालमा खोज्नेछु त्यो नाम – क्याफे की परि ।