चिकित्सक संघको साधारणसभा सम्पन्न

चिकित्सक संघको साधारणसभा सम्पन्न

विराटनगर । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको साधारण सभा सम्पन्न भएको छ । सोमबार संघको कार्यालय शनिहाट विराटनगरमा आयोजित साधारण सभामा संघले संघका आजिवन सदस्यहरुलाई सम्मान गर्दै साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा डा. नारायण कुमार, डा. ज्ञानेन्द्र गिरि, डा. मदन कोईराला, डा. सिपि उपाध्याय, डा. ज्ञानेन्द्र मान सिह कार्की, डा. आर एल करुवा र डा. शिव प्रसाद अधिकारी लाई सम्मान गरिएको थियो ।

साथै कार्यक्रममा नेपाल चिकित्सक संघ केन्द्रिय समितिको लागि कोशी शाखाको निर्वाचन सम्पन्न गर्नु हुने प्रमुख निर्वाचन अधिकृत प्रा. डा. हेम सागर रिमाल र निर्वाचन अधिकृत द्वय डा. रन्जिव कुमार झा र डा. सुनिल रेग्मी, संघका हालका कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डा. याम बहादुर रोका, उपाध्यक्ष डा. रन्जिव कुमार झा, महासचिव डा. सन्तोष उपाध्याय काफ्ले, सह सचिव डा. मनोज कुमार श्रीवास्तव, सह कोषाध्यक्ष डा. विभुती नाथ मिश्र, साईन्टिफिक सचिव डा. पार्थ गुरागाई, कल्चरल सचिव डा. सुनिल रेग्मी, सदस्यहरु डा. यज्ञराज खरेल, डा. अरुण गिरि, डा. प्रेरणा दाहाल र डा. अन्जु देव लाई समेत अध्यक्ष डा. फरवार्ड सिलवालले सम्मनित गर्नु भएको थियो ।

साधारण सभामा संघका अध्यक्ष डा. फरवार्ड सिलवाल, महासचिव डा. सन्तोष उपाध्याय काफ्ले र कोषाध्यक्ष डा. सुनिल रेग्मीले आ आफ्नो प्रस्ताव पेश गर्नु भएको थियो । साधारण सभाले संघको नयाँ भवन निर्माण सम्बन्धि प्रस्ताव समेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्