रंगेलीमा एउटै विद्यालयका ६० विद्यार्थीमा उच्च ज्वरो, विद्यालय तीनदिन बन्द

रंगेलीमा एउटै विद्यालयका ६० विद्यार्थीमा उच्च ज्वरो, विद्यालय तीनदिन बन्द

रंगेली । मोरङको रंगेली नगरपालिका ४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका ६० जना भन्दा धेरै संख्यामा विद्यार्थीलाई उच्च ज्वरोको समस्या देखिएको छ । विद्यालयका कक्षा १ देखी ६ सम्मका विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएको हो ।

विद्यालयमा अध्ययनरत कम उमेर समूह ८–१२ वर्षसम्मका विद्यार्थीमा उच्च ज्वरोको समस्या देखिएको प्रध्यानध्यापक सेवन्त गौतमले जानकारी दिनुभयो । बिहान प्रार्थनाको समयमा सहभागी विद्यार्थीहरुको ज्वरो मापन गर्दा ६० जना विद्यार्थीमा उच्च ज्वरो देखिएकोले विद्यालय बन्द गरिएको छ । नगर शिक्षा शाखासँगको समन्वयमा विद्यालयका विद्यार्थीहरुलाई घर पठाइएको प्रअ गौतमले जानकारी दिनुभयो ।

विद्यालयमा ४ सय हाराहारीमा विद्यार्थी अध्यनरत छन् । विद्यालय खुले संगै जाडोको मौसमका कारण दैनिक डेढ सय देखी २ सय जनासम्म विद्यार्थीहरु पठनपाठनका लागी आउन थालेको गौतमले बताउनुभयो । नगर शिक्षा शाखाका प्रमुख रविन्द्र पण्डीतका अनुसार कसैकसैमा १०४ सम्म ज्वरो मापन भएपछि ३ दिन स्कुल बिदा गरिएको छ । विद्यार्थीहरुमा उच्च ज्वरो देखिएकाले नगर स्वास्थ्य शाखालाई समेत खबर गरेर कोरोना परीक्षणको प्रक्रिया अगाडी बढाइसकिएको छ ।

जिल्लाका दक्षिणपुर्वी ६ पालिकाहरुको संयुक्त बैठकले मंसिर १५ गते देखि स्वास्थ्य मापडण्ड अपनाएर विद्यालय खोल्ने निर्णय गरेका थिए । रंगेली नगर स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताले उच्च ज्वरो देखिएका केहि विद्यार्थीहरुको स्वाब संकलनको गरिएको दावी गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्