थारु समुदायमा माघी पर्व रौनक

थारु समुदायमा माघी पर्व रौनक

एन्जु शिवाकोटी
विराटनगर । थारु समुदायमा माघी पर्वको रौनक छाएको छ । माघी नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायले विशेष रुपमा मनाउदै आएको महान पर्व हो । माघी पर्व पुष शुक्ल प्रतिपदाको दिन अर्थात माघ एक गते मनाइन्छ ।

माघी पर्वको धार्मिक विश्वास :
दाङको देउखुरीमा रहेको रिहार धार्मीकस्थल थारुहरु समुदायको परम्परागत देवथानको रुपमा मानिन्छ । त्यहाँको कुण्डमा स्नान गर्नाले मनोकामना पूरा हुने, सन्तान प्राप्ति हुने धार्मीक विश्वास रहेको छ । त्यसैगरी सोही ठाँउमा रहेको कालापानी कुण्डमा स्नान गरी पूजा गर्नाले लुतो रोग निको हुने जनविश्वास छ । माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले पापबाट मोक्ष प्राप्ति हुने मान्यता छ ।
माघी पर्वका खानपिन :
माघे संङ्क्रान्तिको अघिल्लो दिन घरमा सुँगुर काट्ने चलन छ । उक्त चलनलाई जिता मरना दिन भनिन्छ । सँुगुरको मासु, माछा, ढिकरी(एक प्रकारको पिठोको परिकार)लगायतको परिकार रक्सिसँग खाने गरिन्छ ।
माघे संङ्क्रान्तिका दिन बिहान नजिकैको जलाशयमा नुहाउन जाने चलन छ । जसलाई माघ लहान भनिन्छ । ‘माघ लहान’ गरिसके पछि घर फर्किएर दाल, चामल र नुनलाई छोएर आफूभन्दा ठूलाहरुको आशिरवाद लिने गरिन्छ ।

नाचगान :
माघे संङ्क्रान्तिको अघिल्लो दिन राति खाना खाइसके पछि र माघीको दिन नाचगान गर्ने गरिन्छ । माघीमा नाचिने नाचलाई मघौटा नाच भनिन्छ । माघिमा गाइने गितलाई ‘धमार’ भनिन्छ । ‘सखियै हो’,‘माघीक पिली गुरी जाँर’ भन्ने गित लोकप्रिय माघी गित हुन् । माघी पर्व खासरी पश्चिम भेगका थारु समुदायहरुले मात्रै मनाउने गर्थे । राजधानी केन्द्रित थारु समुदायले विगतका केही बर्ष देखि काठमाण्डैमा माघी महोत्सव गर्न थालेका हुन । २०५८ सालमा तत्कालिन सरकारले माघीको सार्वजनिक बिदा दिएसँगै अन्य क्षेत्रमा पनि माघी महोत्सव मनाउन थालिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्