‘कोभिड–१९ भ्याक्सिन’ का लागि प्रदेश १ मा २३ खोपकेन्द्र

<span class='c1'>‘कोभिड–१९ भ्याक्सिन’ का लागि प्रदेश</span> <span class='c2'>१ मा २३ खोपकेन्द्र</span>

विराटनगर । कोभिड–१९ भ्याक्सिन लगाउनका लागि प्रदेश १ का १४ जिल्लामा २३ खोपकेन्द्र निर्धारण गरिएको छ । बुधबारदेखि कोभिड–१९ ‘कोभिसिल्ड भ्याक्सिन’ लगाउनका लागि प्रदेशभरका २३ खोपकेन्द्र निर्धारण गरिएको हो । प्रदेश स्वास्थ्य निर्देशानालयले १४ जिल्लामा २३ खोपकेन्द्र निर्धारण गरेर पहिलो चरणमा कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई खोप लगाउने व्यवस्थापननको तयारी पूरा गरेको जानकारी दिइएको छ ।

पहिलो चरणमा ३५ हजार ५७६ जनालाई पहिलो र दोस्रो डोज खोप लगाउने कार्यक्रम छ । पहिलो डोज लगाएका नागरिकलाई चार हप्तापछि दोस्रो डोज लगाईने छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्डचेन निरीक्षक चन्द्रकान्त ठाकुरका अनुसार प्रदेश १ का १४ जिल्ला बाहेक प्रदेश २ का सिराहा–सप्तरीका ७ हजार ६८४ जनालाई खोप लगाउने कार्यक्रमका लागि सम्बन्धित खोपकेन्द्रमा भ्याक्सिन पुगिसकेको छ । सिराहा र सप्तरीका लागि समेत विराटनगरबाटै खोप पठाइएको हो ।

प्रदेश निर्देशानालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार खोपकेन्द्र निर्धारण गरेर स्वास्थ्यकर्मीहरुलाई मंगलबार तालिम दिने काम गरिएको छ । निर्देशानालयले पाँचथर, खोटाङ र ओखलढुंगामा बिहीबार र सोलुखुम्बु तथा संखुवासभामा शुक्रबार खोप लगाउने कार्यक्रम तय गरेको छ । छ जिल्ला बाहेक प्रदेश १ का ८ जिल्लामा बुधबार खोप कार्यक्रमको शुभारम्भ गरिनेछ ।
झापाको मेची, दमक र बिर्तामोड अस्पताल, मोरङको कोशी, रंगेली, विराट र नोबेल अस्पताल, सुनसरीको बीपी, इनरुवा, इटहरी अस्पतालमा खोप लगाउने केन्द्र तोकेको छ ।

यसैगरी उदयपुरमा उदयपुर अस्पताल गाईघाट, इलामको इलाम अस्पतालसहित फिक्कल र मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र, धनकुटामा धनकुटा अस्प्ताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, पाँचथर अस्पताल, ताप्लेजुङ अस्पताल, खोटाङ अस्पताल, ओखलढुंगा अस्पताल, सोलुखुम्बु अस्पताल र संखुवासभा अस्पतालमा खोपकेन्द्र स्थापना गरेको छ । विराटनगरबाट चारवटा गाडीमा खोपहरु पठाइएको हो । ओखलढुंगा, खोटाङ र सोलुखुम्बु लागि एउटा गाडी, झापा, पाँचथर, ताप्लेजुङका लागि एउटा गाडी र तेह्रथुम, भोजपुर, धनकुटाका लागि एउटा गाडीले खोपहरु लगेका छन् । त्यस बाहेक उदयपुर, सप्तरी र सिराहाको लागि एउटा गाडी प्रयोग गरेर पठाइएको हो ।

इलाम र संखुवासभाले आफ्नै गाडी पठाएर खोप लगेको निरीक्षक ठाकुरले जानकारी दिनुभयो । त्यस बाहेक सुनसरी र मोरङका सम्बन्धित खोपकेन्द्रमा समेत पुगिसकेको छ ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सोमबार ९ हजार ६०० भायल खोप स्वास्थ्य मन्त्रालयले पठाएको थियो । त्यसको वितरणको काम सकिएको निरीक्षक ठाकुरले जानकारी दिनुभयो ।
खोपका लागि कोल्ड बक्समा ‘आईसप्याक कन्डिसिन’ सुरक्षा अपनाएर पठाइएको छ । एक भायलमा १० डोज खोप हुन्छ । त्यसका लागि आवश्यक पर्ने ‘एडिनालिन इन्जेक्सन र सिरिन्ज’ समेत केन्द्रसम्म आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्