थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

<span class='c1'>थ्री बाई थ्री एनबिसी नेपाल</span> <span class='c2'>बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा</span>

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तानले अन्तिम चारको यात्रा तय गरे । क्वार्टरफाइनलमा टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’, राइभल इन्डियाले आर्मी ‘ए’, होउन्ड्सले आर्मी ‘बी’ तथा राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गरे ।

सेमिफाइनलमा टाइम्सले राइभल इन्डिया तथा होउन्ड्सले राइभल पाकिस्तानको सामना गर्नेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्टमा जारी प्रतियोगिताको सेमिफाइनल र फाइनल बुधबार हुनेछ । प्रतियोगितामा नेपालबाट २२, बंगलादेशबाट चार, भारतबाट तीन र पाकिस्तानबाट एक टिम सहभागी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्