माघको जाडोमा धान रोपाँई

माघको जाडोमा धान रोपाँई

रबिन्द्र बराल
रंगेली । के पत्याउनु हुन्छ, माघ महिनाको जाडो मौसम र चिसो समयमा पनि धान रोपाई हुन्छ भन्ने ! कुरा सायदै धेरैलाई पत्यार नलान्छ सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ ।

मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनि चोक, ननकार टोल र सुनवर्सि ५ स्थित झिङ्गिटोलमा माघ महिनामा समेत धान रोपाँई हुने गरेको हो । सो क्षेत्रमा अतिबिपन्न परिवारका महिलाहरु आफ्नो घर खर्च जोहो गर्नका लागि माघ को कठ्याङ्गिदो चिसोको प्रभाव नै नगरि धान रोपन्न व्यस्त हुने गरेका छन् । महिला मजदुरहरु एका बिहानै देखि बीउ उखेल्न र हिलाम्मे खेतमा धान रोप्ने गरेका छन् । महिलाहरुले एक बिघा खेत रोपे बापत १० हजार रुपैयाँमा ठेक्का लिने गरेका छन् । अतिविपन्न घरपरिवारका महिला सदस्यहरुको सहयोगमा उनीहरुले धान रोप्नने गरेका हुन । उनिहरुले एक बिघा क्षेत्रफलमा धान रोपन्न ५ देखि ७ जनालाई ५ दिन देखि ७ दिनसम्म लाग्ने गरेको बताएका छन् ।


उनिहरुले एक जना बराबर दैनिकी ३ सय रुपैयाँ भागमा पर्ने गरेको मानौं मुखियाले बताईन । के गरौ काम गरेन भने दुई छाक टार्ने समस्या पर्ने गरेको र घरमा समेत ६ जना को परिवारलाई जनमजदुरी गरेर नै पालनपोषण समेत गरिरहेको मानौ मखिया ले बताईन । त्यसैगरी सुमित्रा ऋषीदेवले पनि चार परिवारलाई दैनिकी ज्यालादारी गरेर आफुले परिवार पालि रहेको बताईन । उनले भनिन श्रीमान पनि बितेको ४ बर्ष भयो सामान्य रोग बाट ग्रसित रहेका श्रीमान लाई डेर लाख रुपैयाँ खर्च गरेर समेत आफुले बचाउन नसकेकोे र अहिले समेत श्रीमानको उपचार मा लागेको दवाई को रकम तिर्ने नसकेको र प्रत्येक दिन पसलमा तिर्ने बाँकी रहेको ३० हजार रुपैयाँ लिन सबै दिन जसो घरमा आउने गरेको र पैसा नतिरे प्रहरी मा गएर उजुरि समेत गरेर थुनाम राख्ने धम्की समेत दिदै आएको सुमित्रा ले बताईन ।


अब घर खर्च चलाउनु कि ऋिण तिर्नु भन्दै बिलौना गरिरहेकि छन । अहिले यस्तो माघको जाडोमा आफ्नो परिवार पालनपोषण गर्नेका लागि आफुले बिहानैदेखि बेलुकीसम्म गरेर ३ सय रुपैयाँ मात्रै कमाउने गरेको र सबै कुरा किनेर परिवारलाई पाल्नु पर्ने बाध्यताले चिसो भन्न नसकिने बताउँछन् ।

माटो नराम्रो भएका कारण अरु वालि नहुने भएको हुनाले किसानहरुले दुख गरेर धान खेती मात्रै लगाउने गरेको र अरु समयमा खेत बाँझै छाड्ने गरेको कृषकहरु बताउँछन । अहिले उक्त खेतमा घुटराज प्रजातिको धान रोपी रहेका छन् ।माघमा रोपेको धान जेठ महिनामा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोपने गरेको कृषकहरु बताउँछन् । सो खेतमा ३ सय मनसम्म धान उत्पादन हुने गरेको छ । अहिले वैदेशिक रोजगारीले गर्दा खेत बारीमा काम गर्ने मजदुर हरु समेत नपाउने गरेको र जन मजदुर नहुदा खेतीपाती गर्ने समस्य समेत परेको कृषक हरु ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्