विराटनगरसँगको भगिनी सम्बन्ध : सम्झौताका लागि आउजाउ बाहेक छैन उपलब्धी

<span class='c1'>विराटनगरसँगको भगिनी सम्बन्ध : सम्झौताका</span> <span class='c2'>लागि आउजाउ बाहेक छैन उपलब्धी</span>

विराटनगर । सातवर्ष अगाडी सन् २०१३ नोभेम्बर २० मा समझदारी भई सन् २०१४ जुलाई १३ मा चीनको वुहान शहरसँग विराटनगर महानगरपालिकाले भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । यस अवधीमा दुई देशका शहरबीचको ‘नागरिक कूटनीति’मा त्यो सम्बन्धको खासै प्रभाव भने देखिएन ।
सहमति र सम्झौता गर्दाताका बाहेक दुई देशका शहरका प्रतिनिधिको आउजाउ समेत भएको छैन । चीनको वुहानपछि जापानको हिरोसिमा शहरसँग समेत सन् २०१४ डिसेम्बर १४ मा विराटनगरले भगिनी सम्बन्ध गाँसेको थियो ।

अन्तराष्ट्रिय मूलुकका शहरहरुसँग भगिनी सम्बन्धको सम्झौता गर्दा आर्थिक, उद्योग–व्यवसाय, पर्यटन, पूर्वाधार, शिक्षा र संस्कृतिको क्षेत्रमा सहयोग आदान–प्रदान गर्ने उल्लेख छ । तर, विराटनगर महानगरपालिकामा पछिल्लो २५ वर्षको अवधीमा भगिनी सम्बन्धकै कारण कुनैपनि सहयोग भने भित्रिएको छैन ।
महानगरको सामुदायिक विकास शाखाका प्रमुख पुनमकुमार दाहालका अनुसार सम्झौता गर्ने होडबाजी बाहेक कुनैपनि सहयोग भित्र्याउने माध्यमको रुपमा भगिनी सम्बन्धलाई स्थापित गर्न नसकिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ को उपदफा ८ बमोजिम गरिने सम्झौताका लागि प्रक्रियागत रुपमा लामो झन्झट हुने गरेपनि नागरिकस्तरमा त्यसको प्रतिफल नदेखिएको सामाजिक विकास शाखा प्रमुख दाहालको भनाई छ ।


विगत २५ वर्षदेखि भगिनी सम्बन्ध विस्तार गरिदैं आएको छ । तर, भगिनी सम्बन्ध स्थापनालाई विदेश भ्रमण बाहेकको अवसरका रुपमा सदुपयोग भने गरिएको छैन । विराटनगर महानगरपालिकाको तत्कालिन कार्यकारी अधिकृतसहितको टोलिले एक पटक वुहान भ्रमण बाहेक अर्को अवसर समेत प्राप्त नगरेको दाहालले जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाले चीनको छिन्ताई र ताईहान, जापानको यूकोहमा र अष्ट्रेलियाको मेल्वन र ब्रिसवन शहरसँग भगिनी सम्बन्धको प्रक्रिया बढाईरहेको छ । पछिल्लो समय जनप्रतिनिधि निर्वाचित भएर आएपछि यी शहरहरुमा भगिनी सम्बन्ध स्थापनाको प्रक्रिया थालिएको भएपनि अन्तिम सम्झौता भने भएको छैन ।

त्यस बाहेक विराटनगर महानगरपालिका र भरतपुर महानगरपालिकाबीच समेत भगिनी सम्बन्धका लागि प्रारम्भिक चरणका छलफलहरु भईरहेको शाखा प्रमुख दाहालले जानकारी दिनुभयो । त्यस बाहेक अनौपचारिक रुपमा भारतको बम्बई शहरसँगको सम्बन्ध समेत अगाडी बढाउन प्रारम्भिक छलफल सुरु गरिएको छ ।
विगतमा देशको एउटा शहरले अर्को देशको एउटा शहरसँग मात्रै भगिनी सम्बन्ध स्थापना गर्न पाउने प्रावधान रहेको थियो । तर, पछिल्लो समय जतिवटासँग पनि भगिनी सम्बन्ध स्थापना गर्ने कुराले सहमति र सम्झौताका लागि आउजाउ गर्र्ने बाहेकको उपलब्धी नदेखिएको हो । यसबीच कतिवटा नेपाली सहरले कुन विदेशी सहरसँग यस्तो सम्बन्ध राखिसके भन्ने यकिन विवरण न परराष्ट्र मन्त्रालयसँग छ, न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छ ।

काठमाण्डू महानगरले चीनको ल्हासासहित १४ वटा नगरसँग भगिनी सम्बन्ध राखेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको योजना, अनुगमन तथा विकास सहायता महाशाखाले नेपालले कुनै पनि नगरको भगिनी सम्बन्धबारे अभिलेख भने गरेको छैन ।
प्राविधिक, सांस्कृतिक र पर्यटन क्षेत्रसँग सम्बन्धित ज्ञान तथा सीप आदानप्रदान गर्न एवम् जनस्तरमा अन्तर्क्रिरया बढाउन विभिन्न देशका सहरहरूबीच भगिनी सम्बन्ध कायम गर्ने अभ्यास छ । भगिनी सहरसँग नियमित सम्पर्कमा रहिरहेको भएपनि आर्थिक भार पर्ने भएकाले कार्यक्रम भने गर्न नसकिएको विराटनगर महानगरका सामाजिक विकास शाखा प्रमुख दाहालको भनाई छ ।
यतिसम्मले भगिनी सम्बन्ध स्थापित भएका सहरको कुनै औपचारिक कार्यक्रममा सहभागी हुन बाहेक ती शहरमा पुग्नका लागि नेपालीले आफ्नै खर्च ब्योहोर्नुपर्ने अवस्था छ ।
काठमाण्डू महानगरपालिकाले भने हालसम्म विभिन्न मुलुकका १४ सहरसँग भगिनी सम्बन्ध गाँसिसकेको र अन्य दुई शहरसँग पनि प्रक्रिया अघि बढेको जनाएको छ ।
यसैगरी ललितपुर महानगरपालिकाले विभिन्न मुलुकका छवटा सहरसँग यस्तो सम्बन्ध गाँसिसकेको छ । त्यस्तै पोखरा, लुम्बिनी, धरानलगायतका ठूला सहर र चौतारा जस्ता मझौला नगरहरूले समेत विदेशी सहरसँग भगिनी सम्बन्ध जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्