प्रदेश १ का सिमेन्ट उद्योग देशभरको रोजाईमा पर्दै

प्रदेश १ का सिमेन्ट उद्योग देशभरको रोजाईमा पर्दै

विराटनगर । पछिल्लो समय प्रदेश एकमा विकासका ठुला परियोजनाहरु एक पछि अर्को बन्ने क्रम जारी छ । लकडाउनका कारण धेरै विकास निर्माणका परियोजनाहरु रोकिएका थिए । तर पछिल्लो समय साना तथा ठूला परियोजनाहरुले गति लिन थालेका छन् । केही समय अघि सम्म रोकिएका यस्ता विकास निर्माणका परियोजनाहरु खुलेसँगै तथा पुर्वका सिमेन्ट उद्योगहरुले बजारमा आफुलाई स्थापित गराउँदै गर्दा यस्ता परियोजनाहरुमा पुर्वकै उद्योगहरुमा तयार पारिएका सिमेन्टहरुको प्रयोग बढेका छन् ।
पछिल्लो समय निर्माणले तिब्रता पाएको ताप्लेजुङको मित्लुङस्थित तमोर नदीमा बाँध बाँधेर थुम्बामा निर्माण भइरहेको पावर हाउस र सुरुङ आयोजनामा सप्तकोशी सिमेन्टको प्रयोग भइरहेको छ ।
७३ मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित सन् २०१७ मा ठेक्का लागेर सन् २०१८ अगष्ट महिनादेखि सुरु भएको उक्त आयोजनाको लागत खर्च १३ अर्ब रुपैयाँ रहेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण थप एक अर्ब रुपैयाँ लागत बढ्ने अनुमान गरिएको छ ।
तमोर हाइड्रो पावर परियोजनाको ठेक्का चाइनिज ठेकेदार कम्पनी झेजिहाङ्ग फस्ट हाइड्रो पावर ग्रुप प्रा.लिले पाएको छ ।
सो परियोजना सम्पन्न भएपछि प्रदेश १ का साविक मेची र कोशी अञ्चलमा सहज विद्युत आपूर्ती हुने ठेकेदार कम्पनीका प्रनिनिधि डु झाउ पेङ्गले जानकारी दिए । आयोजनको पावर हाउस र सुरुङ निर्माणमा सप्तकोसी सिमेन्टले स्थान पाएसँगै पुर्वका सिमेन्ट उद्योगलाई सहजता मिलेको छ ।
गुणस्तरीयताकै कारण साविक पूर्वाञ्चल विकास क्षेत्रमा सवैभन्दा बढी माग रहेको र त्यसै अनुसार आपूर्ती गर्दै आएको सप्तकोसी सिमेट उद्योग प्रा.लिले जनाएको छ । गुणस्तरीयताकै कारण सप्तकोसी सिमेन्टको प्रयोग ठुला र राष्ट्रिय गौरवका आयोजनाहरुमा भइरहेको छ ।

पुर्वको पनि विशेष गरि विराटनगर क्षेत्रमा मुख्य कार्यालय र उद्योग स्थापना गरि सप्तकोशी सिमेन्टका साथै अन्नपुर्ण सिमेन्ट लगायतले नेपाली सिमेन्ट उद्योगमा प्रदेश १ को दह्रो उपस्थिति जनाउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्